Monday, September 21, 2026
Home अन्तर्राष्ट्रिय फोनमा हिन्दीमा कुरा गरेको भन्दै जागिरबाट बर्खास्त

फोनमा हिन्दीमा कुरा गरेको भन्दै जागिरबाट बर्खास्त

32

न्यूयोर्क : ७८ वर्षीय इन्जिनियरले गत वर्ष आफन्तसँग फोनमा हिन्दीमा कुरा गरेको भन्दै जागिरबाट निकालिएको दाबी गरी मुद्दा दायर गरेका छन्। भारतीय मूलका अमेरिकी इन्जिनियर अनिल वार्ष्णेयले अमेरिकी रक्षामन्त्री लोयडअस्टिनविरुद्ध मुद्दा दायर गरेका छन्। साथै उनले मिसाइल डिफेन्स कन्ट्रेक्टर पार्सन्स कर्पोरेशनमाथि पनि उजुरी गरेका छन्। आफूमाथि भेदभावपूर्ण व्यवहार गरेको उनले आरोप लगाएका छन्।सन् २०२२ को सेप्टेम्बर २६ तारिखमा भारतमा रहेका बहिनीज्वाइँसँग उनले टेलिफोनमा २ मिनेट लामो कुरा गरेका थिए। उनले कुरा गरेको एकजना श्वेत सहकर्मीले देखेका थिए। वार्ष्णेयले नबुझिने भाषामा कुरा गरेकाले सुरक्षा नियमको उल्लंघन गरेको श्वेतले दिएको सूचनाका आधारमा उनलाई जागिरबाट हटाइयो।ार्ष्णेयले उनले फोनमा कुनै गोप्य वा विशेष जानकारी नदिएको बताएका छन्। उनले आफूले भिडियो कल गरेको कोठा पूरै खाली रहेको बताएका छन्।

अलाबामाको उत्तरी जिल्लामा जुन महिनामा दायर गरिएको मुद्दामा त्यहाँबाट फोन गर्न नपाइने नभएको उल्लेख गरेका छन्। उनीहरूले छानबिन नगरी गम्भीर सुरक्षा उल्लंघन गरेको आरोप लगाउँदै वार्ष्णेयलाई बर्खास्त गरेका थिए।‘त्यति मात्र होइन, कम्पनीले वार्ष्णेयलाई भविष्यमा रोजगारीबाट कालोसूचीमा राख्यो। यसबाट मिसाइल डिफेन्स एजेन्सी (एमडीए) र यूए सरकारमा उनको क्यारियर र सेवा समाप्त भयो’, मुद्दामा भनिएको छ। वार्ष्णेयले ब्यालिस्टिक मिसाइलको खतराविरुद्ध अमेरिका र उसका मित्र सेनाको पक्षमा मिसाइल डिफेन्स एजेन्सीमा इन्जिनियरिङ हेर्थे। जुलाई २४ मा अदालतमा दायर गरिएको प्रत्युत्तरमा उनले आफ्ना तर्फबाट कुनै गल्ती भएको अस्वीकार गरे। मेकानिकल इन्जिनियरिङमा स्नातक उनी सन् १९६८ मा अमेरिका गएका थिए। उनले जुलाई २०११ देखि अक्टोबर २०२२ सम्म पर्सन्सको हन्ट्सभिल अफिसमा काम गरेका थिए। सिस्टम इन्जिनियरिङमा उनलाई सम्मान गरिएको थियो। जमिनबाट जमिनमा मार हान्ने क्षेप्यास्त्र कार्यक्रममा राम्रो काम गरेको भन्दै उनी सम्मानित भएका थिए। उनले पद बहालीको माग गरेका छन्।