काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा शुरु भएको महिलाका लागि मात्र सार्वजनिक यातायातले सामाजिक विभेदलाई प्रश्रय दिने बताएका छन्।रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा बुधबार चितवनमा शुरु गरेको महिलाका लागि सार्वजनिक यातायातबारे टिप्पणी गर्दै पोखरेलले समाज कता जाँदैछ भनी प्रश्न गरेका छन्।ामाजिक विभेद अन्त्य गर्न विगतमा महत्त्वपूर्ण भूमिका खेलेको चितवनमा यो कदमले...
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराई सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताएका हुन्।
सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहनुभएका...
काठमाडौं : सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन्। बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणधीन संसद् भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताएका हुन्।उनले आफूले केही महिनाअघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भए पनि भौतिक प्रगति उल्लेख्य हुन नसकेको बताए। सभामुख...
काठमाडौँ : काठमाडौँको न्युरोडस्थित आफ्नै घरको ८ तलामाथिबाट हाम्फालेका एक व्यापारीको आज मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका २५ स्थित मासागल्लीमा रहेको आफ्नै घरको ८ तलाबाट हाल्फालेका ५५ वर्षीय सञ्जय गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । दिउँसो १ः३० बजेको समयमा घटना भएको र उनलाई उपचारका लागि वीर अस्पताल लगिएकामा अस्पतालले मृत घोषणा गरेको थियो ।उनी...
काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न सुरु गरेको छ।मन्त्रालयले पहिलो चरणमा मङ्गलबार मात्रै १४ उपसचिव र आठजना शाखा अधिकृतको सरुवा गरेको प्रवक्ता तथा सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए।उनका अनुसार मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटासहित अन्य...
काठमाडौँ : ढाड बांगिने समस्या १६ वर्षमुनिका बच्चामा बढी देखिने विभिन्न अध्ययनले देखाएको छ। कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बांगिन्छ। २० डिग्रीभन्दा माथिको ढाड बांगिएको छ भने त्यसले समस्या दिने चिकित्सकले बताउँदै आएका छन्।१० वर्षको उमेरपछि धेरैजसो बालिकामा यो समस्या देखिने गरेको छ। ढाडको बांगोपनको समस्या सात बालिका बराबर एक बालकमा देखिन्छ। ढाडको बांगोपनको उपचार नेपालमा सर्वसुलभ छ।...
सुनसरी : धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मंगलबार कार्यपालिका बैठकबाट निर्णय गरी विद्यालय बन्द गरिएको हो। विद्यालयमा पठनपाठन बन्द गरी डेंगु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले बताए। डेंगु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फूल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट...
तनहुँ : व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन्। व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीताको हत्या गरेका हुन्। गएराति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएका थिए। उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ। घरायसी...
धनगढी : हिजो (मंगलबार) कैलालीको धनगढी बसपार्कबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुबारे नयाँ कुरा खुलेको छ।वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले बसपार्कको कलेल होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समातेको थियो।होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेता समेत रहेको खुलेको छ। सुुरुमा प्रहरीलाई समेत गलत...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–२८) मा सहभागिताका लागि निमन्त्रणा आएको छ।नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले मंगलबार भेट गरी निमन्त्रणा गरेको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा.सुरेश चालिसेले जानकारी दिए।विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाएको पत्र मंगलबार...









