Monday, September 21, 2026
Home राजनीति एमालेले चल्न दिएन राष्ट्रियसभा बैठक

एमालेले चल्न दिएन राष्ट्रियसभा बैठक

29

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेको छ। बिहीबार दिउँसो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए। सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याए।एमालेले सुन प्रकरणको विषयलाई लिएर दुवै सदनमा अवरोध गर्दै आएको छ। एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानविन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो। प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि बोलाइएको छ।