Wednesday, September 30, 2026
Home समाचार सहकारी पीडितको आन्दोलनमा प्रहरी हस्तक्षेप

सहकारी पीडितको आन्दोलनमा प्रहरी हस्तक्षेप

33

काठमाडौं : सहकारी पीडितहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्। माइतीघरदेखि बानेश्वरतर्फ अघि बढेको पीडितहरुको जुलुसलाई प्रहरीले बिजुलीबजारमा रोकेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि पीडितहरु पुलमै सडक बन्द हुनेगरी धर्नामा बसे । त्यसपछि प्रहरीले उनीहरुलाई हस्तक्षेप गरी सडक खुलाएको छ। प्रदर्शनकारीहरू नयाँबानेश्वर पुगेका छन्। त्यहाँ निषेधित क्षेत्र तोड्न प्रदर्शनकारी प्रयासरत छन् भने उनीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।सहकारीहरूले निक्षेप फिर्ता दिन नसकेको भन्दै पीडितहरू प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले आफूहरूको वचत रकम फिर्ता गराउन राज्यले पहल गर्नुपर्ने माग गरेका छन्।