Wednesday, April 29, 2026
Home Blog Page 266
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहेको छ । मौसम विश्लेषण (Meteorological Analysis) हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको (Low Pressure Area) प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।...
भक्तपुर । युवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ फेदिमा मुख्य कार्यालय रहेको यस सहकारीले शनिबार भब्य रुपमा आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभालाई चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले उद्घाटन गर्नु भएको थियो । हालसम्म यो संस्थामा महिला २ हजार ९८३ जना,...
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आजै विश्वासको मत लिँदैछन्। दिउँसो १ बजेको लागि बोलाइएको बैठक तोकिएको समयमा पनि सम्पन्न हुन सकेको छैन। यता मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी हुँदै गर्दा सचेत नागरिक अभियानले प्रदेश खारेजीको माग राख्दै मोटरसाइकल र्याली निकालेका छन। विराटनगर-४ कंचनबारी चोकबाट सुरु भएको र्याली विराटनगर...
काठमाडौं : नेपाल र म्यान्मारबीचको परराष्ट्र मन्त्रालयबीच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मारमा हुने भएको छ। विद्यमान दौत्य सम्बन्धलाई थप सुदृढ तुल्याउने उद्देश्यले दुवै देशको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मारमा हुने भएको हो। नेपाल–म्यान्मार उद्योग वाणिज्य संघको १३ औँ वार्षिक साधारणसभाका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सो जानकारी गराइएको थियो। नेपालका लागि...
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार सरकारको बाटो खाली गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको देश अप्ठ्यारो स्थितिबिाट अघि बढिरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन्। उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेस बाहेक अरुले...
काठमाडौं : नेपालगञ्जमा दिउँसो निषेधाज्ञा र राति कर्फ्यूको क्रम जारी छ। शनिबार बिहान ९ बजेदेखि बेलुकी ८ बजेसम्म निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए । बेलुकी ८ बजेदेखि आइतबार बिहान ४ बजेसम्म भने कर्फ्यू कायम रहने उनले जानकारी दिए। निषेधाज्ञाका वेला कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक र प्रदर्शन गर्न वा पोस्टर, पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न...
काठमाडौं : सुदूर पश्चिमको हिमाली जिल्ला बझाङमा शनिबार फेरि भूकम्पको धक्का महसुस भएको छ। बिहान ११ : ४५ बजे ५.३ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। मंगलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसयता लगातार रूपमा परकम्पहरू गइरहेका छन्। भूकम्पको क्षति अवलोकन र...
शनिबार बिहान गाजाबाट इजरायलमा अचानक ठूलो हमला भएको छ। गाजा पट्टीमा शासन गर्ने चरमपन्थी समूह हमासले २० मिनेटभित्र इजरायलतर्फ पाँच हजार रकेट प्रहार गरेको जनाएको छ। हमासका प्रमुख मोहम्मद डाइफले यी आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'हामी सक्षम छौं भनी घोषणा गर्ने निर्णय गरेका छौं।'हमासले यस अपरेशनलाई ‘अल अक्सा स्टर्म’ नाम दिएको छ। 'हामीले दुश्मनलाई...
काठमाडौं : 'जीवनमा सबैभन्दा पीडादायी क्षण कुन रह्यो?’ उद्घोषक सरोज घिमिरेले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सोधे।'मेरो जीवनसाथीको निधन’, श्रेष्ठले मलीन स्वरमा जवाफ दिए।'अनि सबैभन्दा खुशीको क्षण?''हरेक दिन सारा नेपालीले दिने माया र सद्भाव’, मलीन अनुहार उज्यालो बनाउँदै श्रेष्ठ बोले। उनले अगाडि थपे, 'जीवनमा बिनास्वार्थ कसैबाट प्राप्त हुने माया अतुलनीय छ। म भाग्यमानी छु। मैले माया नै माया पाएँ।'शुक्रबार सिस्नुपानी...
काठमाडौं : अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले आगामी बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पहुँच पुग्ने ठाउँमा मात्रै बजेट विनियोजन भएको अवस्थाको अन्त्य गर्नुपर्ने र आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए। अर्थमन्त्री महतले सबैभन्दा धेरै जनसंख्यालाई प्रभाव पार्ने र शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका आवश्यक क्षेत्रको पहिचान गरी...