Sunday, September 27, 2026
Home राजनीति कांग्रेसका नेता डा. कोइरालाले सरकारको बाटो खाली गरिदिन आग्रह गरे

कांग्रेसका नेता डा. कोइरालाले सरकारको बाटो खाली गरिदिन आग्रह गरे

56

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार सरकारको बाटो खाली गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको देश अप्ठ्यारो स्थितिबिाट अघि बढिरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन्। उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गरे। उनले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ म जातीय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए। उनले जातीय राज्य गोजीबाट निकालेर दिने हो ? भन्दै प्रश्न गरे।