Sunday, September 27, 2026
Home राजनीति नेपाल—म्यान्मार द्विपक्षीय बैठक म्यानमारमा बस्ने

नेपाल—म्यान्मार द्विपक्षीय बैठक म्यानमारमा बस्ने

52

काठमाडौं : नेपाल र म्यान्मारबीचको परराष्ट्र मन्त्रालयबीच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मारमा हुने भएको छ। विद्यमान दौत्य सम्बन्धलाई थप सुदृढ तुल्याउने उद्देश्यले दुवै देशको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मारमा हुने भएको हो। नेपाल–म्यान्मार उद्योग वाणिज्य संघको १३ औँ वार्षिक साधारणसभाका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सो जानकारी गराइएको थियो। नेपालका लागि म्यान्मारका राजदुत सेङ उले व्यापार, लगानी, पर्यटन र संस्कृति प्रवद्र्धनमा म्यान्मार क्रियाशील रहेको बताए। संघका अध्यक्ष शिवकुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र म्यान्मारको कुनै विमानस्थलबाट सिधा उडानका लागि आवश्यक व्यवस्था गर्न राजदूत सेङसमक्ष अनुरोध गर्दै द्विपक्षीय व्यापार, लगानी र पर्यटन विकासका लागि सहकार्य गर्न आह्वान गरेका थिए।