काठमाडौं : स्थानीय तहमा कार्यरत कर्मचारीहरूले छैटौँ दिन पनि विभिन्न माग राखी आन्दोलन गरेका छन्। शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भेला भइ उनीहरूले आन्दोलन गरेका हुन्। उनीहरूले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका छन्।...
काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गरिसक्ने बताएकी छिन्। शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले सिसि टिभीका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भइ काम अघि बढेको बताइन् । उनले धुलोरहित सडक बनाउनका लागि महानगरपालिकाले एक...
काठमाडौं : दुबईबाट नेपाल आउने हिमालय एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी हुँदा १६५ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन्। स्थानीय समय अनुसार शुक्रबार बिहान ३:२५ को फ्लाइट रहेको H-9566 विमान बिग्रिँदा यात्रुहरू मारमा परेका हुन्। दुबईबाट नेपाल आउँदै गरेका कास्कीका अमृत बानियाँले आफूहरू करिब ९ घण्टादेखि अलपत्र परेको जानकारी दिए। विमानस्थलको फ्लाइट इन्फर्मेशन डिस्प्ले सिस्टममा पटक–पटक जहाज डिले...
काठमाडौं : सांसद गोकुलप्रसाद बास्कोटाले विद्यालय शिक्षा विधेयक पुनर्लेखन गर्नुपर्ने आवश्यक रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा शिक्षा विधेयमाथिको सैद्धान्तिक छलफलमा उनले यस्तो माग गरेका हुन्। उनले अहिलेको यो प्रस्तावित शिक्षा विधेयकले गुणस्तरीय र विद्यार्थीहरू आफैँ पढेर बाँच्न सक्छु भन्ने आधार नबनाएको बताए। उनले सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरूले नै विश्वास जित्न नसकेका कारण अहिले निजी विद्यालयमा आफ्ना छोराछोरी...
सिरियाको मध्य प्रान्त होम्सस्थित एक सैन्य एकेडेमीमा बिहीबार भएको ड्रोन हमलामा कम्तीमा कम्तीमा ६६ सर्वसाधारण र सैनिकको मृत्यु भएको छ। उक्त हमलामा एक सय ९० जना घाइते भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ। हमलामा परेकामध्ये कम्तीमा ६६ जनाको मृत्यु भइसकेको होम्सको चिकित्सा स्रोत तथा सरकारी एफएमहरुले पुष्टि गरेका छन् छन्। िरियाली सेनाले एक विज्ञप्ति जारी गर्दै सैन्य अधिकारीहरूको दीक्षान्त...
काठमाडौं : नेकपा एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महंगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यसपालीको दशैँ मनाउँछन् ? भन्दै सरकारलाई प्रश्न गरेका छन्।शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गरेका हुन्। उनले चाडपर्व नजिकिएसँगै जनताले दशैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको भन्दै महँगी नियन्त्रण गर्न...
काठमाडौं : आन्दोलनरत स्थानीय तहका कर्मचारीले बिहिबार वृहत् प्रदर्शन गरेका छन्। दिउँसो १२ बजे माइतीघर मण्डलामा उनीहरू माइतीघरदेखि बानेश्वरसम्म नै प्रदर्शन गरेका हुन्। प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कर्मचारी काठमाडौं आएका हुन्। सरकारले माग सुनुवाइ नगरे शुक्रबारदेखि स्थानीय तहका काम ठप्प पार्ने चेतावनी कर्मचारीले दिएका छन्। सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा आफूहरूलाई नसमेटेको विरोधमा काठमाडौं केन्द्रित...
रूसको सुदूर पूर्वकी एक वृद्धा मस्तिष्कमा एक इञ्च लामो सुईसहित ८० वर्ष बाँचेको खुलेको छ। चिकित्सकले ‘सिटी स्क्यान’ गर्ने क्रममा ती महिलाको मस्तिष्कमा एक इञ्च लामो सुईको टुक्रा भेटिएको जनाएका छन्।
चिकित्सकले ती महिला आफ्ना आमाबाबुले गरेको असफल शिशु हत्याको शिकार भएको अनुमान गरेका छन् तर उनको स्वास्थ्य अवस्था बिग्रने डरले सुई हटाउने प्रयास नगरेको हुनसक्ने बताएका छन्। उनका आमाबाबुले...
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातु ३ सय २० ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन्। हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका अग्रवाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन...
काठमाडौं : पोखरा महानगरपालिका १३ ले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। आयोगको शाखा अधिकृत, नायब सुब्बा र शिक्षक सेवा आयोगको निःशुल्क कक्षा तयारी गर्ने भएको हो।
दक्ष, अनुभवी शिक्षक तथा कर्मचारीबाट कक्षाको तयारी गर्न लागेको पोखरा महानगरपालिका १३ का अध्यक्ष किरण बरालले बताए। उनका अनुसार कक्षामा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रमाणप्रत्रको प्रतिलिपी र शैक्षिक योग्यताको...










