पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सशस्त्र प्रहरी बलको विशेष टोलीसँगै अभ्यास गरिरहेका थिए। एक जना छात्रा बिरामी परेको अभिनय गर्दा अरू छात्राहरूको टोलीले ‘ब्लाङ्केट’ ओछ्याए, त्यसमा सुकेको बाँस राखेर पट्याएपछि ‘स्ट्रेचर’ तयार भयो। बिरामीलाई ‘स्ट्रेचर’ मा राखेर घुमाउँदा सशस्त्र प्रहरीको टोलीले बिरामीलाई उठाउने र पाइला चाल्ने तरीकाको बरेमा...
काठमाडौ । नेपाल सरकारले इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले मंगलबार बिदा दिएको छ।सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा शोक बिदा दिने निर्णय गरेको हो।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेश आउन चाहने सबै नेपालीलाई उद्धार गर्ने निर्णय भएको जानकारी दिए। उनकाअनुसार मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि...
काठमाडौं : काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साह (बालेन) ले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी दिने घोषणा गरेका छन्। आइतबार भिडियो सन्देश जारी जर्दै मेयर बालेनले तीन बर्षभित्र कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन्। बालेनले श्रम बैंक मार्फत रोजगार दिने योजना सार्बजनिक गर्दै महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ...
काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डाक्टर शशांक कोइरालाले इजरायलमा रहेका नेपालीबारे चासो व्यक्त गरेका छन्। इजरायलमा हमासको आक्रमणका कारण १० नेपालीको मृत्यु भइसकेको छ भने त्यहाँ रहेका नेपालीहरू असुरक्षित रहेको खबर आइरहेका बेला डाक्टर कोइरालाले इजरालयलमा रहेका नेपालीबारे चासो व्यक्त गरेका हुन्। आज इजरायलस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन कार्कीसँग सम्पर्क गरि कोइरालाले त्यहाँ रहेका नेपालीहरूको जीवन रक्षाका...
डोटी – इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका सात जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप जनही दुई लाखका दरले रकम प्रदान गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमवार एक विज्ञप्ति जारी गर्दै विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरुका परिवारलाई राहत स्वरुप दुई/दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले हस्ताक्षर गर्नु...
काठमाडौं : ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ। अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए।अहिले आकस्मिक रुपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको...
काठमाडौं : इजरायलमा रहेका नेपाली विद्यार्थी र कामदारहरूले उद्धार गर्न सरकारसँग याचना गरिरहेका छन्। ३ दिनदेखि बन्धक भएर बंकरभित्र बस्नु परेको उनीहरूले बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायका विद्यार्थी विपिन सुवेदीले भिडियो नै बनाएर तत्काल सरकारबाट उद्धार गर्न माग गरेका छन्। सरकारले उद्धार गर्नमा केही पहल नगरेपछि भिडियो बनाउन बाध्य भएको उनले बताए। उक्त भिडियोमा उनीहरू पाँचजना बंकरभित्र...
काठमाडौं : सरकारले बडादशैँ, तिहार र छठ पर्वमा घर जाने यात्रुलक्षित अग्रिम टिकट बुकिङ खुला गरेको छ। संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको हो। घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको घुइँचो लागेको छ।...
बीबीसी । इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चर्केको पछिल्लो लडाइँका क्रममा हालसम्म कम्तीमा १० जना नेपालीहरूको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।इजरेलस्थित नेपाली दूतावासलाई त्यहाँको प्रहरीले १० नेपाली विद्यार्थीको मृत्यु भएको जानकारी पठाएको बताइएको छ। प्रहरीले अझै एक जना नेपाली नागरिक हराइरहेको र चार जना घाइते भएको र दुई जना सुरक्षित रहेको दूतावासलाई जानकारी दिएको छ।मृतकहरूमा अधिकांश सूदुरपश्चिम...
काठमाडौं । सोमबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ । नेपाल राष्ट्र बैंकले आज (असोज २२ गते) लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ।युरो एकको खरिद दर १४० रुपैयाँ ७१ पैसा र बिक्री दर १४१ रुपैयाँ ३४ पैसा रहेको छ।बेलायती...




