Sunday, September 27, 2026
Home समाचार इजरायलबाट नेपाली विद्यार्थीको चित्कार – हामीलाई छिटो उद्धार गर्नुस्

इजरायलबाट नेपाली विद्यार्थीको चित्कार – हामीलाई छिटो उद्धार गर्नुस्

22

काठमाडौं : इजरायलमा रहेका नेपाली विद्यार्थी र कामदारहरूले उद्धार गर्न सरकारसँग याचना गरिरहेका छन्। ३ दिनदेखि बन्धक भएर बंकरभित्र बस्नु परेको उनीहरूले बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायका विद्यार्थी विपिन सुवेदीले भिडियो नै बनाएर तत्काल सरकारबाट उद्धार गर्न माग गरेका छन्। सरकारले उद्धार गर्नमा केही पहल नगरेपछि भिडियो बनाउन बाध्य भएको उनले बताए। उक्त भिडियोमा उनीहरू पाँचजना बंकरभित्र रहेका देखिन्छन्। उनले भिडियोमा भनेका छन्,‘३ दिन भयो बंकरमा बसेको,साझ परेपछि बंकरमा मिसाइल खस्छ,हामी त्रास लिएर बसेका छौँ,सरकारले उद्धार गर्छ भन्ने आशामा छौँ।’सरकारले तत्काल उद्धार गर्नुपर्ने उनीहरूको माग छ। ‘१० जना साथीहरू गुमाइसक्यो,हामी पनि गुम्छौँ कि भन्ने डर छ, १० जना साथीहरूको गरेको त्यो चित्कार,हारगुहार याद आउँछ,रातभर सुत्न सक्दैनौँ,बिन्ती छ, अब हामी कुर्न सक्दैनौँ,सार्थीहरूलाई लग्यो हामीलाई नलगोस्,’उनले भने। प्यालेस्टानी समूह हमासद्वारा इजरायलमा गरेको आक्रामणमा परी १० नेपालीको ज्यान गएको छ।