Sunday, September 27, 2026
Home समाचार १० विद्यार्थीको मृत्यु, भोलि शोक बिदा, परिवारलाई १० लाख राहत

१० विद्यार्थीको मृत्यु, भोलि शोक बिदा, परिवारलाई १० लाख राहत

132

काठमाडौ । नेपाल सरकारले इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले मंगलबार बिदा दिएको छ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा शोक बिदा दिने निर्णय गरेको हो।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेश आउन चाहने सबै नेपालीलाई उद्धार गर्ने निर्णय भएको जानकारी दिए। उनकाअनुसार मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।