Wednesday, April 29, 2026
Home Blog Page 263
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्र पुगेका छन्। मोदी हेलिकोप्टरबाट आज बिहान साढे ८ बजे नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका छन्। मोदीले जोलिङ्काङमा पूजापाठ गरेका छन् भने कैलाश पर्वतको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ। कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल गर्नेछन्। नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी...
काठमाडौँ — पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । आपराधिक विश्वासघात र भन्सार छलीको कसुरसमेत गरेको अभियोग पत्रमा उल्लेख छ । रतिवादीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ बिगो कायम गरिएको छ ।...
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचारका ठूला प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् । बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकको छलफलमा लामिछानेले वाइडबडी विमान खरिद प्रकरण, लडाकु शिविर अनियमितता, ओम्नीलगायत चर्चामा...
टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले हमास–इजराइल द्वन्द्वको मध्यस्थताका लागि प्रस्ताव गरेका छन्। उनले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताएको टर्कीमा रहेको अनाडोलु समाचार समितिले जनाएको छ। “यदि दुवै पक्षले अनुरोध गरेको खण्डमा बन्दीहरूको आदानप्रदानसहित कुनै पनि प्रकारको मध्यस्थताका लागि टर्कीए तयार रहेको म बताउन चाहन्छु” एर्दोगानले भने, “हामीले केही समयदेखि कायम राख्दै आएको हाम्रा कूटनीतिक सम्पर्कहरूलाई निरन्तरता...
सुर्खेत : अन्य ६ प्रदेशलाई उछिन्दै कर्णाली प्रदेश सरकारले भू–उपयोग नीति सार्वजनिक गरेको छ। प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश भू–उपयोग नीति तथा जोखिम संवेदनशील भू–उपयोग योजना २०७९ सार्वजनिक गरेको हो। योसँगै देशभरका सात प्रदेशमध्ये भू–उपयोग नीति सार्वजनिक गर्ने कर्णाली पहिलो प्रदेश बनेको छ। नीति सार्वजनिक गर्दै कर्णाली सरकारका कृषि मन्त्री भीमप्रकाश शर्माले अब छिट्टै मन्त्रिपरिषदको...
काठमाडौं : सरकारले शिक्षक पेसागत विकास प्रारूप २०७२ लाई परिमार्जित गरी नयाँ व्यवस्थासहितको मस्यौदा तयार गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार केन्द्रको वेबसाइटबाट शिक्षक पेसागत विकास प्रारूप,२०७२ (परिमार्जित पहिलो संस्करण २०८०) को मस्यौदा सार्वजनिक गरेको छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक पेसागत विकास प्रारूप २०७२ मा समसामयिक परिमार्जनपश्चात् लुम्बिनी, चितवन र काठमाडौंमा शिक्षासम्बद्ध सरोकारवालाहरूको उपस्थितिमा...
गौर : सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले चासो नदिँदा महेन्द्र राजमार्ग रहेको जग्गा व्यक्तिको नाममा रहेको छ।सडक विभागले व्यक्तिको नाममा रहेको जग्गाको लगत कट्टा गरी राजमार्ग कायम गर्न चासो नदिँदा हाल प्रयोग हुँदै आइरहेको नक्सामा पूर्वपश्चिम राजमार्ग नै छैन।राजमार्गको क्षेत्राधिकारमा पर्ने जग्गाको लगत कट्टा नहुँदा जग्गाधनीहरू मालपोत तिर्न बाध्य छन्। रौतहटको चन्द्रपुर नगरपालिकाको जंगल टोलदेखि चाँदी पुलसम्मको राजमार्ग अहिले पनि...
धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको लागी उम्मेदवारी दर्ताको समय सकिएको छ। ५ पदाधिकारी पदमा २४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा चार जना, उपाध्यक्षमा ७ जना, सचिवमा ४ जना र उपसचिवमा ९ जना छन्। ९ मध्ये ३ जना महिला छन्। निर्वाचन कमिटीका अनुसार अध्यक्ष कमल तिमल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ।उपाध्यक्षमा हरिसिंह...
इलाम : इलामबाट गएका नेपाली भारतमा बेपत्ता भएका छन्। इलाम नगरपालिका–९ का उनीहरू यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएकाले बाढीकै कारण हुनसक्ने आशंका गरिएको छ। ​स्थानीयवासी विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरू आफन्तसँग सम्पर्कविहीन भएका हुन्। सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन्। बेपत्ता हुनेहरूमा इलाम नगरपालिका–९ का सानु भनिने...