Wednesday, April 29, 2026
Home Blog Page 256
गुल्मी : जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन्। बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। उनीहरु घर नजिकै...
गुल्मी : गुल्मीमा विद्युत शर्ट भएर आगलागी हुँदा कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। जिल्लाको मालिका गाउँपालिका-६ अर्जे फुलबारीमा रामप्रसाद भण्डारीको ढुंगाले छाएको दुई तले कच्चीघर पूर्ण रुपमा जलेर नष्ट भएको हो। घर पूर्ण रुपमा जलेर नष्ट हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।...
काठमाडौं : चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाई हुने भएको छ। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडाको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल र डाक्टर कुमार चुडालको इजलासमा सुनवाइ तोकिएको छ। यसअघि सोही रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू डाक्टर आनन्दमोहन भट्टराई...
काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मधेश प्रदेश समितिले बाराकाे बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश सर्राफको हत्यविरुद्ध आज विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। नेशनल प्याब्सनले एक विज्ञप्ति जारी गरि सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गर्दै नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिएको हाे। विद्यालय जस्तो पवित्र संस्थाको संचालकको...
दाङ : पछिल्लो समय जिल्लामा व्यवसायिक रुपमा फूलखेती गर्नेको आकर्षण बढिरहेको छ। कहिँ सामूहिक रुपमा गरिएको छ, भने कहिँ एकल र विद्यालयहरूमा पनि गरिएको छ। खेती गर्ने क्रम बर्सेनी बढिरहेको अवस्थामा भने भने जस्तो बजार नहुँदा समस्या हुने गरेको फूलखेती व्यवसायीहरू बताउँछन्। विगत ३ वर्षदेखि तुलसीपुर ८ मा सयपत्रीको व्यवसायिक फूलखेती गर्दै आएका गणेश भण्डारीले...
ढोरपाटन : एकदशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए। ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे। मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिको आआफ्नै घाट हुन्थ्यो। अचेल ती घाटमाथि संरचना बन्न थालेका छन्। कतिले त घाटलाई अतिक्रमण गरी खेतमा परिणत गरेका छन्। पातीहाल्ने, तिलाचन, घुमदेखि बग्दै आएको निसीखोला भुजीखोला र तमानखोलासँग मिसिएर बडिगाड बनेको छ। बुर्तिबाङ बजारदेखि केही तल सेराबगरमा आएर बडिगाड...
काठमाडौं : विगत केही समयदेखि केही अनलाइन संचार माध्यममा सानिमा बैंकका अध्यक्षको फोटोसमेत राखेर बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएको भन्दै बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। त्यस्ता कुनै पनि समाचारहरूमा कुनै पनि सत्यता नभएको पनि बैंकले स्पष्ट पारेको छ। 'बैंकका शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणमा सुसूचित गराउन...
भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुगेको छ। विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाका अनुसार “अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सात जनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी छ।” यसअघि इस्ट कोस्ट रेलवेका सीपीआरओ विश्वजीत साहुले ट्र्याक पुनःस्थापनाको काममा ध्यान दिइएको बताएका...
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा जिल्लामा छ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। थपिएका सङ्क्रमित चार महिलासहित छ जना बनेपा नगरपालिका पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाको बासिन्दा रहेको कार्यालयका निमित्त प्रमुख डा अनिता खनालले जानकारी दिइन्। उनका अनुसार अझै केही दिन डेङ्गु सङ्क्रमण बढ्नसक्ने अनुमान गरिएको...
काठमाडौं : भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनशन सुरु गरेकी छन्। श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनशन सुरु गरेकी हुन्। श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले...