Wednesday, October 7, 2026
Home अर्थ भ्रामक समाचारप्रति सानिमा बैंकको ध्यानाकर्षण

भ्रामक समाचारप्रति सानिमा बैंकको ध्यानाकर्षण

78

काठमाडौं : विगत केही समयदेखि केही अनलाइन संचार माध्यममा सानिमा बैंकका अध्यक्षको फोटोसमेत राखेर बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएको भन्दै बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। त्यस्ता कुनै पनि समाचारहरूमा कुनै पनि सत्यता नभएको पनि बैंकले स्पष्ट पारेको छ। ‘बैंकका शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणमा सुसूचित गराउन चाहन्छौं। यस बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरुको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै आएको छ’ बैंकले विज्ञप्तिमा भनेको छ। यस खालका तथ्यहीन एवं भ्रामक समाचार प्रचार प्रसार नगर्न पनि बैंकले सम्वद्ध पक्षलाई सूचित गरेको छ। साथै भ्रामक समाचारका गतिविधि नरोकिए बैंक कानुनी कारबाहीको प्रक्रियामा जानेसमेत विज्ञप्तिमा उल्लेख छ।