Thursday, October 8, 2026
Home समाज विद्युत शर्ट भई घरमा आगलागी

विद्युत शर्ट भई घरमा आगलागी

89

गुल्मी : गुल्मीमा विद्युत शर्ट भएर आगलागी हुँदा कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। जिल्लाको मालिका गाउँपालिका-६ अर्जे फुलबारीमा रामप्रसाद भण्डारीको ढुंगाले छाएको दुई तले कच्चीघर पूर्ण रुपमा जलेर नष्ट भएको हो। घर पूर्ण रुपमा जलेर नष्ट हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। आगलागीका कारण एक भैँसी पनि जलेर घाइते भएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।