जनकपुरधाम : नेपाल सशस्त्र प्रहरी बलले सीमानाकाका सीमास्तम्भको पुनःनिर्माण, मर्मत सम्भार र रंगरोगनको काम थालेको छ। मधेश प्रदेशका आठवटै जिल्लाको भारतीय सीमानाकामा रहेको सीमास्तम्भको पुनःनिर्माण, मर्मत सम्भार र रंगरोगनको काम बिहीबार धनुषादेखि सुरु भएको छ। मधेशका करिब चार हजारभन्दा बढी सीमास्तम्भ रहेकोमा अहिलेलाई १ हजार सीमास्तम्भको मर्मत र रंगरोगनको काम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता...
काठमाडौं : श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट–४ घर भई हाल काठमाडौं वनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र सोही ठाउँमा घर भई हाल काठमाडौँको नागार्जुन–१ रानीवन बस्ने २१ वर्षीय...
मुख्यतः हृदयघातलाई बुढेसकालको रोगका रूपमा लिइएपनि ,वर्तमान समयमा युवाहरूमा पनि यो समस्या बढदै गएको छ । युवा अवस्थामा हृदयघात हुनुको प्रमुख कारणहरु धूम्रपान, आलस्य/आसिन जीवनशैली, अत्यधिक तनाव, मोटोपन, जथाभावी खानपिन र कहिलेकाहीं अधिक व्यायाम पनि हुनसक्छ।- किन हुन्छ हृदयघात ?हाम्रो शरिरको हरेक अंगहरूलाई बाँच्न र सामान्यरुपले काम गर्न अक्सिजन र रगतको आवश्यता पर्छ। शरीरको हरेक अंगहरूमा...
काठमाडौं : सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा झापा दमक नगरपालिका-५ वतन भएका ४६ वर्षीय डिल्ली राम खनाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ। ामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेकोले कारवाहीको लागि नेपाली सेनाबाट पत्राचार भएपश्चात् साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्ने क्रममा खनालको...
काठमाडौं : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एकजना प्रहरी सहायक निरीक्षक (असई)को लेक लागेर मृत्यु भएको छ। प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए। गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका ढुंगानालाई स्वासप्रस्वासमा समस्या भएपछि आज बिहान...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश गरेकी छन्। पुर्व सांसदसमेत रहेकी विश्वकर्मा मंगलबार माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरे। उमा विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद भएकी थिइन्। एमाले प्रवेशसँगै माओवादी कपिलवस्तुलाई धक्का लागेको छ। उनी सहिद परिवारको सदस्य पनि...
काठमाडौं : काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाउँदा लागुऔषध कारोबारी घाइते भएका छन्। प्रहरीले चलाएको गोली दाहिने तिघ्रामा लागेर एक भारतीय नागरिक घाइते भएका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ। लागुऔषधा कारोबारी झापाका अर्घ लिम्बु र भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई हतियारसहित पक्राउ गरिएको कार्यालयका...
काठमाडौं : भ्रमण भिसामा विदेश जान लागेका माथि शङ्का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ। उनीहरूलाई गिरोहको समूहले नक्कली कागजात र शैक्षिक प्रमाणपत्र बनाएर भ्रमण भिसामा विदेश पठाउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। ाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विमानस्थलको अध्यागमन कार्यालयले शङ्का लागेर पठाइएका उनीहरूमाथि अनुसन्धान...
काठमाडौं : देशभरका सबै सरकारी कार्यालय भोलि (बिहीबार) देखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएको छ। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन्। यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ। जाडो समयमा दिन...
टीकापुर : कैलालीका किसानले धान बिक्री शुरु गरेका छन्। खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको उनीहरूको गुनासो छ। ‘सरकारले तोकेको मूल्यमा व्यापारी किन्न मान्दैनन्। हाम्रो बिक्री गर्नुपर्ने बाध्यता छ’, किसान हरिमाया चौधरीले भने, ‘दशैँ–तिहार खर्च जुटाउन, गहुँबालीका लागि बीउ, मल र खेत जोताइ खर्च गर्न पनि धान बिक्री गरिहाल्लनुपर्ने भयो। त्यसैले...









