Tuesday, September 29, 2026
Home समाज गुटेरेसको सुरक्षाका लागि खटिएका असईको लेक लागेर मृत्यु

गुटेरेसको सुरक्षाका लागि खटिएका असईको लेक लागेर मृत्यु

103

काठमाडौं : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एकजना प्रहरी सहायक निरीक्षक (असई)को लेक लागेर मृत्यु भएको छ। प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए। गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका ढुंगानालाई स्वासप्रस्वासमा समस्या भएपछि आज बिहान उद्दार हेलिकोप्टरमा पोखरा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।