Thursday, April 30, 2026
Home Blog Page 254
काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरुले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्। उनले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए। उनले संसदीय व्यवस्था भने पनि सांसदहरुले भनेका कुरा लागू नहुने गरेको बताए। उनले देश ३५ वर्ष यता...
काठमाडौं : आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तरगत सेमिफाइनलमा नेपाललाई पहिलो सफलता मिलेको छ। यूएईविरुद्ध बलर सोमपाल कामीको बलमा ब्याट्सम्यान खलिद साह तीन रन बनाएर रनआउट भएका हुन्। नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित...
काठमाडौँ : तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ। विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो। आज गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी,...
सल्यान : जिल्लाको शारदा नगरपालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिवन्ध लगाएको हो। तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोग गर्न आग्रह गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले जानकारी दिए। नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा...
काठमाडौं : सरकारले शुक्रबार र शनिबार ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार र शनिबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो। भिटामिन ‘ए’ र जुकाको औषधी नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् खुवाउन सकिने मन्त्रालयले जनाएको छ। यसअघि प्रत्येक वर्ष...
काठमाडौैं । विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ । किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँदिल्लीलाई घातक धुवाँले ढाक्छ ।अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम२।५ कणहरूको स्तर विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेकोभन्दा...
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९डिएसपी० डिल्लीनारायण पाण्डेका अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव फेला परेको हो । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।मनिषाकी आमाका बिहीबार दिउँसो ११ बजेतिर खेतमा काम गरिरहेकाहरुलाई...
शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको...
थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजराइल हमलामा बन्धक बनाइएका २२ थाईको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताएका छन्। वार्ताकारहरूले गत बिहीबार तेहरानमा हमासका अधिकारीहरूसँग भेटेका थिए। भेटमा हमासले थाई बन्धकलाई ‘उचित समय’ मा रिहा गरिने बचन दिएको अरिपेन उत्तरासिनले बुधबार बैङ्ककमा पत्रकारहरूसँग भने। इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले सुरु...
काठमाडौं : ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ। प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो। कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरका तीनै...