Wednesday, September 30, 2026
Home अपराध गोठाटारमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली चलायो

गोठाटारमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली चलायो

122
सांकेतिक तस्विर

काठमाडौं : काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाउँदा लागुऔषध कारोबारी घाइते भएका छन्। प्रहरीले चलाएको गोली दाहिने तिघ्रामा लागेर एक भारतीय नागरिक घाइते भएका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ। लागुऔषधा कारोबारी झापाका अर्घ लिम्बु र भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई हतियारसहित पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। गोली लागेका मोहम्मदको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको उनले बताए। उनको साथबाट एक थान पेस्तोल र २ सय ग्राम खैरो हेरोइनसहित तराजु बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए।