Thursday, April 30, 2026
Home Blog Page 247
काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्र किनेका गुल्मीका एक स्वास्थ्यकर्मी अख्तियारको फन्दामा परेका छन्। भारतबाट शैक्षिक योग्यताको प्रमाण पत्र किनेर सेवा सुरु गरेको भन्दै गुल्मीको मालिका गाउँपालिका, वडा नं ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेब देवबहादुर महताराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। झुटा शैक्षिक योग्यता पेश गरेर सेवा प्रवेश गरेको भन्दै अख्तियारले विशेष अदालतमा उनीविरुद्ध शैक्षिक योग्यताको...
काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा जोखिम बढ्दै गएको निष्कर्षसहित कुनै पनि प्रकृतिको सहकारी सँस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृति नदिन भनेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी सस्थाको दर्ता, कार्यक्षेत्र...
बैतडी : दशरथचन्द राजमार्गमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ। दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका–२ को पत्ताल भुवनेश्वर धामतर्फ बिहेका लागि जन्ती बोकेर आउँदै गरेको से १ ज ६८७ नम्बरको जिप दशरथचन्द राजमार्गमा पर्ने बैतडीको सुर्नया गाउँपालिका–२ को स्वागैरामा दुर्घटनामा परेको हो। दुर्घटनामा परी ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी...
बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै बालाजु औद्योगिकले वरिष्ठ अधिकृतदेखि सहायकसम्मका २० जना कर्मचारी मागेको हो। सातौं तहको वरिष्ठ अधिकृत १ जना, सातौं तहको इलेक्ट्रिकल इन्जिनियर, छैठौं तहको अधिकृत, सब इन्जिनिय, कार्यालय सहायक लगायत विभिन्न तहका लागि बालाजु औद्योगिकले दरखास्त आह्वान गरेको हो। इच्छुक तथा योग्यता पुगेका...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले पाँच जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए। प्रहरीले उनीहरूको नाम सार्वजनिक गरिसकेको छैन। रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काएको र अराजकता फैलाएको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसमा संलग्न अन्य व्यक्तिहरूलाई पनि प्रहरीले खोजिरहेको छ।
पर्वत : रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ। रोजगारीका लागि करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई एउटै कोठामा बस्दै आएका ‘रुम पार्टनर’ स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत कार्तिक २९ गते नेपालमा तिहार मनाइरहेको दिनमा सामान्य भनाभनकै क्रममा छुरा प्रहार गरेर घाइते बनाएका थिए।हाल...
काठमाडौं : तीनकुनेमा गर्ने भनिएको गणतन्त्रविरोधी आन्दोलनको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रदर्शनमा आउन प्रहरीले रोकेको छ। ११ बजे तीनकुनेमा जम्मा हुने उद्‌घोय गरेका उनलाई प्रहरीले घरबाटै बाहिर निस्किन नदिएको हो।प्रसाईंको भक्तपुर ठिमीस्थित घरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएका छन्। त्यस्तै, प्रदर्शनका लागि तोकिएको तीनकुने क्षेत्रमा ठूलो संख्यामा प्रहरी फौज खटाइएको छ। बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरेका प्रसाईंले...
भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकाका छ वटा वडावासीले छिटै मेलन्चीको खानेपानी पाउाने भएका छन् । नगरपालिका– ६ पाण्डु वजारमा रहेको ६० लाखको ट्याङ्की नजिकै आज सो योजनाको शिलान्यास गरिएको हो । योजना निर्माणका लागि नगरपालिकाले आठ करोड रुपैयाँ छुट्याएको छ ।शुक्रवार आयोजनाको शिलान्यास बागम्पति प्रदेशसभा सदस्य किरण थापा, सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापा, उप प्रमुख सरिता तिम्सिना भट्टराईले...
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक ४ मध्ये एक व्यक्तिको दैनिक हिडाईं पर्याप्त मात्रामा पुगेको छैन। किशोरवस्थाका बालबालिकाहरु ८० प्रतिशत भन्दा बढी पर्याप्त मात्रामा नहिँडेको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको छ। अपर्याप्त मात्रामा हिडाईका कारण मुटु रोग तथा कम उमेरमा मृत्युको जोखिम २० देखि ३० प्रतिशतले बढ्ने गर्छ। नियमित हिडाईं शारीरिक तथा मानसिक दुवै स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ।...
काठमाडौं : केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता कास्कीको पोखरामा बिहीबार​ शुरु हुँदैछ। पोखरा क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्दैछन्। आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अनुसार सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका रेड र ब्लु गरी दुई टोलीसहित १२ टोली सहभागी हुनेछन्। पहिलो...