जन्ती बोकेको जिप दुर्घटना

45

बैतडी : दशरथचन्द राजमार्गमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ। दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका–२ को पत्ताल भुवनेश्वर धामतर्फ बिहेका लागि जन्ती बोकेर आउँदै गरेको से १ ज ६८७ नम्बरको जिप दशरथचन्द राजमार्गमा पर्ने बैतडीको सुर्नया गाउँपालिका–२ को स्वागैरामा दुर्घटनामा परेको हो। दुर्घटनामा परी ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ का १५ वर्षीया डम्बरी भट्ट, सोही ठाउँकी १५ वर्षीया पूजा भट्ट र १२ वर्षीय शुसिल भट्ट रहेका छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकको छ।