Tuesday, September 29, 2026
Home समाचार सशस्त्र प्रहरीमा इन्स्पेक्टरसहित २८८ जनाको जागिर खुल्यो

सशस्त्र प्रहरीमा इन्स्पेक्टरसहित २८८ जनाको जागिर खुल्यो

59

काठमाडौं : सशस्त्र प्रहरीले प्रहरी निरीक्षकसहित २८८ जनाको आवेदन माग गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ। माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन्। प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्ने छ।