पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन सुरु, महासचिवमा ढकालको पक्षमा माहोल

122

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ औं केन्द्रिय महाधिवेशन आजबाट सुरु हुदैं छ । चितवनको भरतपुरमा पुसको आज र भोली २५ गतेसम्म चल्ने महाधिवेशनले नयाँ कार्यससमिती समेत चयन गर्नेछ । केन्द्रिय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सदस्यलगायतका पदमा धेरैले उम्मेदवारी समेत घोषणा गरिसकेका छन् । उक्त महाधिवेशनमा संघको महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका सादुराम ढकाल ”आशिष”को पक्षमा चुनावी माहोल देखिएको छ । संघका विभिन्न पदमा रहेका कार्य गरेका ढकाल पूर्व केन्द्रिय सदस्य समेत हुन् ।

संघको बागमती शाखाको सहसचिव, सचिवमा सक्रिय हुदैं अध्यक्षको भुमिका निर्वाह गरेका उनी विगतमा केन्द्रिय सदस्यमा लोकप्रीय मतका साथ निर्वाचित भएका थिए । “मेरो सिद्धान्त भनेको अग्रजहरुको सम्मान र नयाँलाई प्रोत्सान हो, जसले हामी व्यवसायीबीच स्वस्छ प्रतिस्पर्धा गर्न प्रेरित गर्छ, यो कुरा लिएर नै मैले यो महाधिवेनमा महासचिव पदमा उम्मेदवारी दिएको हुँ,” उनले भने । सरकारले पूर्वाअनुमान गर्न नसक्दा लम्पी स्कृन, स्वाइन फ्लु जस्ता महामारीले किसानहरुको अर्बौ धन नोक्सानी हुने भएकाले पशुपालक किसानलाई बीमा गर्न प्रेरित गर्नु पर्ने महासचिव पदका उम्मेदवार ढकालको भनाई छ । नेपालको खुला सीमानको असर भेटनरी व्यवसायीलाई मात्रै नभएर किसानलाई समेत परेकाले राज्यले त्यस तर्फ ध्यान दिनु जरुरी रहेको छ, ढकालले भने ।

महाधिवेशन शुरु भएसंगै संघको मुल नेतृत्वमा कस्ले बाजि मार्ला भन्ने चासो र चर्चाले भरतपुर बजार तातेको छ। अध्यक्ष पदमा रितेश रिमाल र धनकुमारी अधिकारी पाण्डेले उम्मेदवारी दिने तयारी गरेका छ्न भने महासचिवमा सादुराम ढकाल (आशिष) र हुमाकान्त काफ्ले बीच प्रतिस्पर्धा हुने भएको छ। लगभग ४८० मतदाता रहने यस माधिवेशनका सबै प्रतिनिधि भरतपुर पुगिसकेका छ्न । २२ जिल्ला शाखाबाट ५ ब्यवसायी बराबर एक प्रतिनिधिको प्रतिनिधित्व रहने छ भने केन्द्रीय कार्यसमिति ,पुर्वअध्यक्षहरु, प्रदेश र जिल्ला कार्यसमितिका अध्यक्ष र सचिव स्वत महाधिवेशन प्रतिनिधि रहेका छ्न। महासचिवमा उम्मेदवारी घोषणा गरेका ढकालको पक्षमा चुनावी महोल बन्दै गरेको देखिएको महाधिवेशन प्रतिनिधिहरुले बताएका छ्न। बागमती शाखाको नेतृत्व गरिसकेका ढकाल यसअघि पनि महासचिवको आकाङ्क्षी थिए तर सहमतिको लागि दावी छोडेकाले यस पटक भने ढकाल स्वभाविक उम्मेदवार रहेको एक प्रतिनिधिले बताए। धैरै जसो शाखाका प्रतिनिधिहरु ढकालको पक्षमा खुलेको बुझिएको छ। सबै महाधिवेशन प्रतिनिधि र अग्रजहरुबाट सकारात्मक प्रतिक्रियाले उत्साहित भएको ढकालको भनाई छ।

तपाईको उम्मेदवारी महासचिव पदमा किन ?
–दुई पटक सम्म केन्द्रिय महाधिबेशनमा आफ्नो उम्मेदवारी फिर्ता लिई संघमा एउटा उदाहरणिय त्याग गरेकाले यसपटक भने महासचिवमा आफुले उम्मेदवारी घोषणा गरेको हुँ ।
–पशुसेवा विभाग र औषधी व्यस्वस्था विभानको खिचातानीमा हामी ब्यवसायी पर्ने गरेकाले त्यसको समाधान गर्न मेरो उम्मेदवारी हो । यी निकायहरुले अधिकार लिने तर, अपनत्व नलिने प्रवृत्ति विरुद्ध आवाज बुलन्द गर्न मेरो यो पटक महासचिव पदमा उम्मेवारी हो ।
–वर्षमा विभिन्न प्रकारका रोगबाट हुने किसानका क्षतिलाई कम गर्न बीमा नीतिलाई किसानमुखी बनाउन राज्यलाई दबाब दिन मेरो उम्मेदारी हो ।
–राज्यलाई कर तिरेर हजारौंलाई रोजगारी दिएका भेटनरी व्यवसायीका दुःख, समस्या र चुनौतीलाई सबै मिलेर हल गर्न महासचिव पदमा यो पटक मेरो उम्मेदवारी हो ।
–रैथाने बालीका विउ लोप हुदैं गएकाले देशमा कुनैपनि बेला ठुलो खाद्य संकट आउन सक्ने भएकाले त्यसको संरक्षण र प्रर्वद्धनमा किसान र व्यवसायी एक भएर लाग्न पनि मेरो उम्मेदवारी हो ।

-आधुनिक पशुपालन व्यवसायबाट मासु र दुधजन्य पदार्थमा नेपाललाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्नपनि यो पटक महासचिवमा पदमा सर्वसहमत बनाउन सबै साथीहरुले साथ दिनु हुन्छ भन्ने विश्श्वासका साथ मेरो उम्मेदवारी हो ।