Sunday, June 14, 2026
Home Blog Page 23
सर्लाही : हरिवन नगरपालिका- १ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे। लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित तीन जनाका अभिभावक हुन्। बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको दैनन्दिन बनेको छ। ७५ वर्षकी जिजुहजुरआमा अतिरूपा, ६० वर्षकी हजुरआमा फूलमाया र बहिनी १५ वर्षकी विविकाको जिम्मेवारी एक्ला विवेकको काँधमा छ। चार वर्षको उमेरमै आमाले...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताको खल्तीको मान्छेलाई बनाउनेगरी राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा भागबण्डा गरिएको आरोप लगाएका छन्। बुधवार पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीचको तालमेल नेताहरूको व्यक्तिगत स्वार्थअनुसार भएको आरोप लगाएका हुन्। उनले दुई पार्टीका शीर्ष नेताको नितान्त व्यक्तिगत सम्बन्धका मान्छेहरूलाई बनाउनेगरी क्लष्टर बाँडफाँड गरेर नाम सिफारिस गरिएको बताए। उनकाअनुसार...
काठमाडौँ : माघे सङ्क्रान्ति नजिकिँदै गर्दा परम्परागत चाकु बनाउन व्यस्त छन्, ललितपुरका व्यवसायी। माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग यो वर्ष दोब्बरले बढेको उत्पादकहरूले बताएका छन्। ललितपुरस्थित पाटनमा परम्परागत चाकु उत्पादन गर्ने सुरेन्द्र जोशीका अनुसार पर्वको रौनकसँगै बजारमा माग तीव्र बनेपछि कारखानामा उत्पादन चाप बढेको छ। उखुको रसबाट उत्पादित सख्खर पकाएर घ्यू र नरिवल प्रयोग गरी...
काठमाडौं । हिजो बसेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरु कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा माग्नुभएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको हो। मन्त्रीहरू राजनीतिक दलमा सहभागी भएपछि सरकारको विश्वसनियतामाथि प्रश्न उठेको कारण देखाउँदै प्रधानमन्त्रीले तीन मन्त्रीसँग राजीनामा माग्नुभएको बैठकमा सहभागी एक मन्त्रीले कान्तिपुर समाचारलाई जानकारी दिएका हुन्।मन्त्रिपरिषद् बैठक...
आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ हिजोकोभन्दा बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । आजको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालको मौसम प्रणालीमा देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार मंगलबार दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहने छ।कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी, गण्डकी, कर्णाली...
काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे छलफल गर्दैछ । निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल जारी राखेका छन्। राष्ट्रिय सभामा कांग्रेसले प्रतिनिधित्व सुनिश्चित...
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्दैछ। एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।बैठक मङ्गलबार बिहान ९ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ। बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुनेछ । राष्ट्रिय सभामा कांग्रेस,...
काठमाडौं । जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड (जेएफएल) ले आफ्नो उपभोक्ता ब्रान्ड ‘माटो’ को आठौं स्टोर तथा गोदाम ललितपुरको ठैबमा स्थापना गरेको छ । जेएफएले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै किसानहरूप्रति गरिएको प्रतिबद्धताको प्रतीकको रुपमा उनीहरूका उत्पादनलाई प्लेटफर्म उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।१५ हजार वर्गमिटर क्षेत्रमा फैलिएको स्टोर करिब ५० लाख रुपैयाँमा सञ्चालनमा आएको हो । यसले...
उद्योगबाट वार्षिक पाँच खर्ब आम्दानी गर्न सकिने काठमाडौँ । नेपालको रेशम उद्योग पुनःजागरणका लागि राजधानीमा राष्ट्रिय रेशम सम्मेलन आयोजना गरिएको छ । ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा यही पुस २६ गते सो सम्मेलन हुन लागेको हो । नेपालको रेमश उद्योगलाई रणनीतिक, उच्च मूल्य अभिवृद्धि हुने र दिगो राष्ट्रिय उद्योगका रुपमा पुनःस्थापित गर्ने...