Tuesday, October 13, 2026
Home समाज चाकु बनाउने चटारो

चाकु बनाउने चटारो

20

काठमाडौँ : माघे सङ्क्रान्ति नजिकिँदै गर्दा परम्परागत चाकु बनाउन व्यस्त छन्, ललितपुरका व्यवसायी। माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग यो वर्ष दोब्बरले बढेको उत्पादकहरूले बताएका छन्। ललितपुरस्थित पाटनमा परम्परागत चाकु उत्पादन गर्ने सुरेन्द्र जोशीका अनुसार पर्वको रौनकसँगै बजारमा माग तीव्र बनेपछि कारखानामा उत्पादन चाप बढेको छ। उखुको रसबाट उत्पादित सख्खर पकाएर घ्यू र नरिवल प्रयोग गरी बनाइने चाकु माघे सङ्क्रान्तिमासेवन गरिने परम्परागत परिकार हो।