Saturday, May 2, 2026
Home Blog Page 215
काठमाडौं । आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा.१८ च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर...
काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले ललितपुरको बालकुमारीमा भएको हत्याकाण्डमा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानविन आयोगले भनिसकेको भन्दै दोषीलाई मन्त्री पदमा राख्न नमिल्ने भन्दै तत्काल बर्खास्तको माग गरेको छ। यस्तै स्वास्थ्यमन्त्री मोहन बस्नेत र सुदन किरातीलाई पनि बर्खास्त गर्न माग गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधामन्त्रीसँग सवाल जवाफ कार्यक्रम रहेकोमा एमाले सांसदहरूले विरोध गरेपछि सभामुखले एमालेका सचेतक...
दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् । राति रा७प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा रूकुम पूर्व भूमे गाउँपालिका १ का २७ वर्षीय आदर्श पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। उनका अनुसार शनिबार राति करिब १२ बजेतिर घोराही...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको बालकुमारी घटनाबारे छानबिन समितिको प्रतिवेदनबारे अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताएका छन्। आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। प्रधानमन्त्री प्रचण्डले सांसदहरूले भने जसरी मृतकका परिवारलाई १० लाख रुपैयाँ दिएर सरकार चुप बसेको भन्ने आरोपमा सत्यता नभएको दाबी पनि गरे। उनले मृतकका परिवारका एक-एकजनालाई रोजगारीको ग्यारेन्टी र...
भक्तपुर । लिटिल स्टार मदरल्याण्ड-२०८० सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका वडा-९ मा अवस्थित मदरल्याण्ड स्कुलको आयोजनामा कृषि विकास बैंक तालिम केन्द्रमा भएको फाइनल प्रतियोगीतामा सुबास्ना कार्की मिस लिटिल स्टार मदरल्याण्ड-२०८० र मास्टर लिटिल स्टार मदरल्याण्ड-२०८० जेसिक नेपाल भएका छन् ।यसैगरी छात्रातर्फ अप्रिल सिल्पकार फष्ट रनरअप, झरना देउवा सेकेण्ड रनरअप, दिक्षा बस्नेत थर्ड रनरअप र इसानी थामी फोर्थ रनरअप...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले राम्रो बलिङ प्रदर्शन गरेको छ । नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो ।टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ४९ बलमा १ चौका प्रहार गरे ।...
दाङ : दाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका ४ ठाँटीखोलाका २४ वर्षीय तेजलाल खत्री रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख इन्स्पेक्टर अजयजंग थापाले जानकारी दिए। उनका अनुसार गतराति साढे ८ बजेको समयमा शान्तिनगर १ को मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा बन्दुक पट्किएर हात र पेटमा गोली र छर्रा...
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आगामी २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ। बोर्डका अनुसार परीक्षा वैशाख २६ गते सकिने छ।
काठमाडौं : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशीले शिक्षा विधेयकमा विद्यालय सञ्चालन सम्बन्धमा तीन तहका सरकारबीच अधिकारमा विवाद भएको बताएका छन्। शुक्रबार नेपाल उद्योग परिसंघको शिक्षा काउन्सिलले गरेको एक कार्यक्रममा सभापति जोशीले यस्तो बताएका हुन्। उनले सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा तीन तहको सरकारबीच अधिकारीको लडाईंले थप समस्या उत्पन्न गरेको बताए। उनले मुलुक संघीयतामा भर्खरै...
काठमाडौँ : काठमाडौँका जडिबुटीमा शुक्रबार साँझ भीषण आगलागी भएको छ। जडिबुटीको एउटा हाेटलमा आगलागी भएको प्रहरीले जनाएको छ। उपत्यकाका विभिन्न क्षेत्रबाट मगाइएको ४ दमकलको सहयोगमा स्थानीयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले भर्खरै आगो निभाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए। उनले ४ वटा दमकलको सहायतामा आयो नियन्त्रणमा ल्याएको बताए । क्षतिको विवरण भने आउन बाँकी छ।...