मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड: सुबास्ना र जेसिकलाई उपाधी

99

भक्तपुर । लिटिल स्टार मदरल्याण्ड-२०८० सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका वडा-९ मा अवस्थित मदरल्याण्ड स्कुलको आयोजनामा कृषि विकास बैंक तालिम केन्द्रमा भएको फाइनल प्रतियोगीतामा सुबास्ना कार्की मिस लिटिल स्टार मदरल्याण्ड-२०८० र मास्टर लिटिल स्टार मदरल्याण्ड-२०८० जेसिक नेपाल भएका छन् ।

यसैगरी छात्रातर्फ अप्रिल सिल्पकार फष्ट रनरअप, झरना देउवा सेकेण्ड रनरअप, दिक्षा बस्नेत थर्ड रनरअप र इसानी थामी फोर्थ रनरअप भएका छन् । साथै छात्रतर्फ फष्ट रनरअप आयन जंग कटवाल, सेकेष्ड रनरअप साइमन मगर र थर्ड रनरअफ उत्सब खत्री भएका छन् ।

यसैगरी छात्रातर्फ विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ । जसमा वेष्ट वाकतर्फको अवार्ड अप्रिल सिल्पकार, मोष्ट डिसिप्लेन निर्जला खत्री रहेकी छिन् । मोष्ट डिजरभिङ कृष्तिका भण्डारी, मोष्ट ट्यालेन्ट श्रीया बस्नेत, वेष्ट स्माइल प्रसादी बस्नेत, मोष्ट एक्टिभ झरना देउवा, वेष्ट प्रसनाल्टि सुवास्ना कार्की, वेष्ट आर्टवर्क करुणा घिमिरे भएकी छिन् ।

यसैगरी वेष्ट स्पीच एरिना बखुन्छे, फेसबुक च्वाइस न्यान्सी खड्का, भ्यूअर्स च्वाइस श्रीयाम्सी श्रेष्ठ, वेष्ट प्रफर्मर करिष्मा चौलागाई, मिस परफ्याक्ट जेसिका श्रेष्ठ चयन भइन् । क्यूटेष्ट बेबी अफ द इयर ओइक्षा बस्नेत, मोष्ट फोटोजेनिक कास्भी खड्का, मोष्ट कन्फिडेन्ट अदृशा तिवारी रहेकी छिन् । मोष्ट व्यूटिफूल आइज निशा ठाकुर, वेष्ट कुकिङ प्राप्ती खत्री, मोष्ट फ्रेन्ड्ली शाभ्य बुढाथोकी भएकी छिन् ।

साथै वेष्ट डान्स तर्फको अवार्डमा अप्रिल शिल्पकार, मोष्ट क्रेयटिभ पाल्साङ डोल्मा घिसिङ, ब्यूटि उइथ ब्रेन अग्रता पोखरेल, म्यानेजमेन्ट च्वाइस कृतिका भण्डारीले प्राप्त गरिन् ।

मोष्ट इन्टेलिजेन्ट अष्का तामाङ, मोष्ट इष्टाइलिष्ट प्रीयान्सु थापा, मोष्ट चार्मिङ दिपिका पहरी, वेष्ट हेयर सुप्रिया तामाङ, मिस कन्जेनिलिटी रिमा मोक्तान चयन भइन् । मोष्ट फेसनिष्ट नेहारिका ख्याजु, ब्यूटि वीथ ट्यालेन्ट स्यारोन ग्वाछा, म्यानेजमेन्ट च्वाइस इसानी थामी र वेष्ट फिगरतर्फको अवार्ड सुप्रिया तामाङले प्राप्त गरेकी छिन् ।

यस्तै प्रतियोगितामा छात्रतर्फ समेत विभिन्न विद्यामा अवार्ड वितरण गरिएको छ । जसमा वेष्ट वाकतर्फको अवार्ड रोमन मगर, वेष्ट स्पीच जेसिक नेपाल, वेष्ट सिंगर साम्युल खड्का, वेष्ट डान्सर अनुभव खत्री, वेष्ट आर्टवर्क साइमन मगर, मोष्ट ट्यालेन्ट आयन जंग कटवाल रहेका छन् ।

मिस्टर हेन्डसम प्रशंग श्रेष्ठ, फेसबुक च्वाइस जेनिस खत्री, भ्यूवर्स च्याइस जेसिक नेपाल, मोष्ट डिसिप्लेन जेसन बराल, मोष्ट एक्टिभ उत्सब खत्री भए । मोष्ट फ्रेण्डली सविन श्रेष्ट, मोष्ट फोटोजेनिक आयन जंग कटवाल, मिस्टर प्रफेक्ट उदिप मगर, मोष्ट कन्फिडेन्ट रोमन मगर चयन भए । वेष्ट प्रफर्मर पुकार दाहाल, मोष्ट डिजर्भिङ रोमन मगर र सुप्रिम थापा, बेष्ट प्रस्नाल्टी दृटान्त कार्की र म्यानेजमेन्ट च्वाइसको अवार्ड सुजल लामाले प्राप्त गरेका छन् ।

छात्र र छात्रा तर्फको वीनरलाई ६ महिना, फस्ट रनरअपलाई ३ महिना, सेकेण्ड रनरअपलाई २ महिना, थर्ड रनरअपलाई १ महिना र फोर्थ रनरअपलाई १ महिनाको मासिक शुल्कमा छात्रवृत्ति स्वरुप छुट दिने जानकारी विद्यालयकी संचालक शर्मिला देउजाले दिएकी छिन् ।

मिस एण्ड मास्टर लिटल स्टार मदलल्याण्ड-२०८० सिजन १ को उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाको मेयर वासुदेव थापाले विद्यार्थी भाई बहिनीहरुलाई अतिरिक्त क्रियाकलापमा लगाउनुपर्नेमा जोड दिए । विद्यार्थीहरुको आत्मबल र आत्मविश्वास बढाउन पनि पठनपाठनसँगै यस्ता खालका कार्यक्रम आयोजना गर्नुपर्ने मेयर थापाको भनाई थियो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका ९ का वडाध्यक्ष भगवान खत्री, वडा नं २ का वडाध्यक्ष प्रदिप कार्की, अभिभावकलगायतको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा ९ देखि १२ वर्षका २९ छात्रा र १६ छात्र फाईनल प्रतिस्पर्धामा सहभागि रहेको स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिए ।