Home Blog Page 2111
-रमेश गिरी “आशा” अस्पतालको शैयामा जीवन र मृत्युसंग लडाई लडिरहेकी छे अनिता । परिवारका सबै आत्तिरहेका छन्, अनितालाई बचाउन सकिएला कि नसकिएला भन्ने चिन्ता पनि उत्तिकै छ, परिवारका सदस्यलाई । सबभन्दा बढी चिन्ता त अनिताकी १० वर्षकी छोरी रमितालाई छ । आमालाई केही भयो भने ऊ टुहुरी हुन्छे । उसै त हजुरआमाले बेलाबेलामा नाती जन्मिएन भनेर उनलाई घोचपेच गरिरहन्छिन् ।...
फागुन ३०, काठमाडौं । दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथग्रहण गर्नुअघि अनौपचारिकरुपमा कानुनी र राजनीतिक परामर्श लिएकी छन् । सर्वोच्च अदालतका ९ न्यायाधीशले पराजुलीले तोकेको इजलास अश्वीकार गरेपछि प्रधान्यायाधीश विवादमा छन् । संविधानअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशबाट सपथ लिनुपर्छ । तर विवादित प्रधानन्यायाधीशबाट सपथग्रहण गर्ने सन्दर्भमा सञ्चार माध्यमहरुबाट विभिन्न टीकाटिप्पणी भएपछि राष्ट्रपतिले परामर्श लिएको स्रोतले जनाएको छ । संविधानतः...
नागरिक दैनिक फागुन ३०, काठमाडौं । दुर्घटना नभईदिएको भए रासनारायण राय यति बेला कान्छो छोरा अवधेशका साथ श्रीमतीलाई लिएर सर्लाहीको कविलासीस्थित आफ्ना घरमा पुगिसकेका हुन्थे । जहाँ चार महिनाकी छोरी सोनावनतीलाई काखमा लिएर पुनमदेवी सासु ससुरासँगै श्रीमानको स्वागतमा प्रतीक्षामा थिईन् । तर त्यसो हुन सकेन । वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका २३ बर्षीय अवधेशकुमारको राजधानीमा सोमबार भएको विमान दुर्घटनामा जीवन गुमेपछि यो परिवारको...
फागुन ३०, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । बुधबार अपरान्ह ४ बजे शपथग्रहणको कार्यक्रम तय भएको शीतल निवास स्रोतले जनाएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ खुवाउने संवैधानिक व्यवस्था छ । तर प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा परेकाले कोबाट शपथ लिने भन्ने नैतिक संकट...
नयाँ पत्रिका दैनिक फागुन ३०, काठमाडौं । कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसद्मा प्रस्तुत हुने शैली सिकाउने भएको छ । यसका लागि आज ९बुधबार० बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण राखिएको छ । सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेपछि विज्ञ, नेताहरूले सांसदलाई संसदीय परिपाटीका विषयमा सिकाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रतिनिधिसभामा ६३, राष्ट्रिय...
कान्तिपुर दैनिक फागुन ३०, काठमाडौं । सरकारले आगामी चैत १ देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको हो । गत वर्ष फागुनमै यस्ता गाडी हटाउने निर्णय भए पनि पूरै कार्यान्वयनमा आउन सकेको थिएन । काठमाडौंबाट विस्थापित गाडी उपत्यकाबाहिर सञ्चालनमा छन् । यातायात व्यवस्था विभागले अब मुलुकभरिबाटै २० वर्ष पुराना...
फगुन २९, काठमाण्डौ । नेपालमा अन्तर्राष्ट्रियस्तरको अभिनय सम्बन्धि रियालिटी शो ‘नेपाल्स मेघा सिनेस्टार’ हुने भएको छ । यसबारेमा आयोजकले सोमवार काठमाडौंको मल्ल होटलमा पत्रकार सम्मेलन गरेर बताएको छ । ‘ओ मेगा इन्टरटेनमेन्ट’ को प्रस्तुतीमा हुन लागेको ‘मेघा सिनेस्टार’ एपी वान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । विजेताले २० लाख नगद र एउटा कार प्राप्त गर्ने कार्यक्रम निर्देशक प्रवेश सम्राट...
फागुन २९, काठमाण्डौ । एकै मितिमा एकभन्दा बढी फिल्मले एकसाथ सिनेमा घरमा भिडन्त आरम्भ गर्नु यहाँ अहिले सामान्य भइसकेको छ । हालैमा ‘मंगलम’, ‘हुर्रे’ र ‘गाजा बाजा’ ले एकसाथ प्रदर्शन आरम्भ गर्दा सिनेबजारमा ठूलै तरंग ल्यायो । यस्तैमा आउँदो चैत ३० गते हुन लागेको दुई स्टार अभिनेताको भिडन्तले फेरि अर्को चर्चाको विषयलाई जन्म दिएको छ । यो मितिमा युवा स्टार...
फागुन २९, झापा । बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले आज बिर्तामोड बजार बन्द गरेका छन् । यही फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा फेला परेको थियो । हात पछाडि बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा मुखियाको शव भेटिएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजु धमलाले बताए । घटनामा संलग्न भएको...
फागुन २९, काठमाडौं । संघीय गणतन्त्रको तेस्रो राष्ट्रपतिका लागि मतदान जारी छ । संघीय संसद भवनमा बिहान १० बजेदेखि जारी मतदानमा संघीय संसदका सांसदहरुले मतदान अन्तिम अवस्थामा पुगेको छ। अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरुले मतदान गरिसकेका छन्। यो समाचार तयार पार्दासम्म संघीय...