दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर (भिडियो सहित)

237

बैशाख २,
काठमाडौं । बैशाख १४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘ह्याप्पी डेज’ को प्रोमो सार्वजनिक गरिएको छ । हिट गीत चेप्टे चेप्टे पेरुङ्गो सहित ट्रेलरमा कमेडी डायलग र दृश्य छन् । मिलन चाम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विकी जोशी लगायत कलाकारहरुको अभिनय छ । फिल्मलाई लण्डन सिने आइ प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्टले संयुक्त रुपमा निर्माण गरेका हुन् । चाम्स निर्देशित फिल्म लिलिबिली यतिबेला रिलिज भैरहेको छ । बैशाख १४ मा केकी अधिकारीले निर्माण गरेको फिल्म कोहलपुर एक्सप्रेस पनि रिलिज हुँदैछ ।