भक्तपुर । मध्यपुरथिमि नगरका विद्यालयहरुलाई एकिकृत भान्साघरबार्ट खाजा उपलब्ध हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाले एकिकृत भान्साघर सञ्चालन गरी सामूदायिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा उपलब्ध गराउने भएको छ । यसका नगरपालिकाको सभाहलमा मध्यपुर थिमि नगरपालिका, विश्व खाद्य कार्यक्रम र फुड फर लाईफ (जीवनका लागि खाना)बीच त्रिपक्षीय समझौता भएको छ ।सम्झौता पत्रमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ,...
भक्तपुर । भक्तपुर नगरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा यही फागुन २९ गतेदेखी शहिद स्मृति खेल मैदानमा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा आयोजकसहित देशभरका १७ वटा नगरपालिकाको सहभागिता रहने भक्तपुर नगरपालिकाले आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिए । प्रतियोगितामा विजयी टोलीले नगद १ लाख ५० हजार, दोस्रोलाई १ लाख, तेस्रो...
काठमाडौँ : दोस्रोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या उपप्रधानमन्त्री उपेन्द्र यादवले पहिलो निर्णयका रूपमा दुईवटा निर्णय गरेका छन्। आइतबार शपथलगतै पदभार ग्रहण गर्न मन्त्रालय पुगेका यादवले महत्त्वपूर्ण दुई निर्णय गरेका हुन्। जसमा उनले संघीय निजामती ऐनमा स्वास्थ्य सेवा ऐन समायोजन गर्न कार्यदल बनाउने निर्णय र अर्को निर्णयमा हाल ठूला सरकारी अस्पतालमा शल्यक्रिया गर्न महिनौँ...
कागती बहुउपयोगी र गुणकारी फल हो। कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ। यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि जोगाउन मद्दत गर्छ। कागती ‘एन्टि–अक्सिडेन्ट’ भएकाले शरीरमा रहेको विकारलाई निस्क्रिय पारी स्ट्रोक, मुटुरोग र क्यान्सरजस्ता खतरनाक रोग लाग्ने खतराबाट पनि धेरै हदसम्म जोगाउँछ। कागतीले ब्ल्डप्रेसर घटाउँछ, पाचन शक्ति बढाउँछ, राम्रो कोलेस्टेरोल बढाउँछ ,...
काठमाडौं : स्वार्थको मन्त्रालय जोडिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डिपी अर्याललाई तत्काल मन्त्रालय हेरफेर गर्नुपर्ने भन्दै प्रधानमन्त्री कार्यालयमा निवेदन परेको छ। निवेदन युवराज सफलले आज प्रधानमन्त्री कार्यलय सिंहदरबारमा पुगेर दिएका हुन्। उनले निवेदनमा रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको निज गृहमन्त्रीमा रहदा आफ्नो राहदानी सम्बन्धी मुद्धाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट...
काठमाडौं : भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरे रहेका छन्।दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति १२ः४३ बजे सूर्यविनायक नगरपालिका–५ चुनदेवी...
काठमाडौँ : मिटरब्याज पीडितले न्याय मार्चको ४१ औँ दिन आज भद्रकालीमा जुत्ताचप्पल फुकालेर प्रदर्शन गरेका छन्। उनीहरूले भृकुटी मण्डपबाट मार्चपास गर्दै भद्रकालीमा गएर जुत्ताचप्पल फुकालेर प्रदर्शन गरेका हुन्।
भक्तपुर । मध्यपुर थिमि नगर व्यापी भजन प्रतियोगितामा ताहाननी भजन खलः ताहाननी प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा पञ्चरंगी भजन खलः र कुतिंचिवा भजन खलःद्धारा संयुक्तरुपमा शुक्रवार आयोजित प्रतियोगितामा ताहाननी प्रथम भएको हो । ताहाननीले नगद २५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा बालकुमारी भजन खलः (आइतवार)ले द्धितिय स्थान हासिल गरे । बालकुमारीले नगद १५ हजार पुरस्कार हात...
काठमाडौं । नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोंग कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो ।नेपाल युवा टोलीको साथ हङकङ गएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेखलगायतका...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहको छ ।
मौसम विश्लेषण (Meteorological Analysis): हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status): हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।
२०८० फाल्गुन २६ गते (शनिबार)
दिउँसो: कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती: कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ










