आजको मौसमः हल्का हिमपातको सम्भावना

22

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहको छ ।

मौसम  विश्लेषण  (Meteorological  Analysis): हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  छ।

हाल  मौसमको  अवस्था  (Present  Weather  Status): हाल  देशका  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागको  मौसम  मुख्यतया  सफा  रहेको  छ  ।

    २०८०  फाल्गुन  २६  गते    (शनिबार)

दिउँसो:  कोशी,  बागमती  तथा  गण्डकी  प्रदेशको  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।  कोशी  र  गण्डकी  प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक-दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

राती:    कोशी,  बागमती  तथा  गण्डकी  प्रदेशको  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।  कोशी    र  गण्डकी  प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक-दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ