काठमाडौँ : विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ। उनीसहित विमानमा सवार सबै पाँचजनाकै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। पुणेको बारामतीमा बुधबार बिहान उनी सवार विमान दुर्घटना भएको थियो। पवार बारामतीतर्फ जिल्ला परिषद् निर्वाचनका लागि चार सार्वजनिक सभामा सम्बोधन गर्न जाँदै थिए। अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। दुर्घटनाको कारण...
काठमाडौ । लमजुङ जिल्लाको घले गाउँमा होमस्टे व्यवस्थापन तथा रैथाने पाक शिक्षा तालिम सम्पन्न भएको छ । क्व्होलासोथार गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालीम संचालन भएको थियो । ओभरवल डेभलोपमेन्ट नेटवर्क प्रा.लि, भक्तपुरको सहजीकरणमा वडा नं ३ घलेगाउँमा सम्पन्न भएको हो । ४६ जना प्रशिक्षार्थीहरुको तालीममा सहभागिता रहेको थियो ।सात दिन सम्म चलेको होमस्टे व्यवस्थापन तथा रैथाने पाक शिक्षा तालिममा...
संखुवासभा । विश्वका सबै १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गरेर इतिहास रचेका मिङ्मा शेर्पा अब राष्ट्र निर्माणको अभियानमा होमिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट संखुवासभा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका शेर्पाले ‘काम गरेर देखाउने राजनीति’को संकल्पसहित जनताको बीचमा पुगेका छन्।अनुशासन, साहस र नेतृत्व क्षमताका प्रतीक मिङ्मा शेर्पा हिमालमा जस्तै राजनीतिमा पनि...
काठमाडौँ : आफूखुशी गैरहाजिर रहेका १७ कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। आइतबार सूचना जारी गरी कार्यालयले गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन भनेको हो।उनीहरूको खोजतलास गराउँदा र सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।गैरहाजिर हुनेमा एक प्रहरी सहायक निरीक्षक, एक हवलदार, एक सहायक हवलदार,...
प्रधानमन्त्रीका उम्मेदवारहरुको सार्वजनिक बहसमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको आह्वानलाई राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले अस्वीकार गर्नु भएको छ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बहसमा सहभागी हुन सामाजिक सञ्जालमार्फत तयार रहेको घोषणा गरे लगत्तै झापा-५ बाट ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार...
काठमाडौँ राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने एक तिहाई सदस्यमध्ये १७ जनाका लागि मतदान शुरु भएको छ। बिहान ९ बजे शुरु भएको मतदान अपराह्न ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ। कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान...
उम्मेदवार परिचय: सोम मिश्रको जन्म वि.स २०२० साल मंसिर ९ गते फुङ्लिङ नगरपालिका वडा ९ मा भएको थियो । अध्ययनलाई अगाडि बढाउन सकिन्छ भन्ने मनसाय लिएर २०४३ मंसिरमा मिश्र काठमाडौँ आउनुभएको थियो । २०४५ सालदेखि मिश्रको परिवार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको स्थायी बासिन्दा भएर बस्दै आएको छ । २०४३ सालमा मन्दरा गुरागाई (मिश्र)संग विवाह गर्नु भएको...
भक्तपुर । भक्तपुर जिल्लामा दल र स्वतन्त्र गरेर ५७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । भक्तपुरको १ नं. निर्वाचन क्षेत्रमा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका पर्दछ । यी दुई नगरपालिकामा गरेर १ लाख ७ हजार ५४ जना मतदाता रहेका छन् । क्षेत्र नं. १ बाट नेकपा एमालेका सोम प्रसाद मिश्र, नेपाली कांग्रेसका किरण न्यौपाने, नेपाली कम्युनिष्ट पार्टीका हरिराम लबजु,...
काठमाडौै : साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य ऐतिहासिक विन्दुमा पुगेको छ। सुनको भाउ आज एकैदिन ४ हजार २०० रुपैयाँले बढेसँगै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७७...
काठमाडौं :आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन्। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै छन्। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ र सोही पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नं १ बाट...










