Saturday, September 26, 2026
Home अन्तर्राष्ट्रिय महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

11

काठमाडौँ : विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ। उनीसहित विमानमा सवार सबै पाँचजनाकै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। पुणेको बारामतीमा बुधबार बिहान उनी सवार विमान दुर्घटना भएको थियो। पवार बारामतीतर्फ जिल्ला परिषद् निर्वाचनका लागि चार सार्वजनिक सभामा सम्बोधन गर्न जाँदै थिए। अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। दुर्घटनाको कारण र थप विवरण आउन बाँकी छ।