Saturday, June 13, 2026
Home Blog Page 19
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदातासमक्ष कांग्रेस नै सबैभन्दा नयाँ दल भएको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार काठमाडौं–४ को निर्वाचन परिचालन समितिको कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले भर्खरै विशेष अधिवेशनबाट बदलिएर कांग्रेस नै नयाँ दल भएको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।‘तपाईँहरू घरघर गएर भन्दैगर्दा यदि कसैले भन्छ-म यसपटक पुरानो पार्टीलाई भोट दिन्न,...
विश्वकै चर्चित टिकटक स्टार खाबी लेमले हङकङस्थित रिच स्पार्कल होल्डिङ्स नामक कम्पनीसँग झन्डै एक अर्ब डलर बराबरको व्यापारिक सम्झौता गरेका छन् । अमेरिकाबाट डिपोर्ट भएको सात महिना नपुग्दै लेमले ९७५ मिलियन डलर (करिब १ खर्ब ३० अर्ब नेपाली रुपैयाँ)को ऐतिहासिक ‘अल-स्टक’ डिल गरेका हुन् । अल-स्टक डिलमा खरिदकर्ता कम्पनीले बिक्रेतालाई नगद पैसा दिनुको सट्टा आफ्नै कम्पनीको शेयर दिन्छ ।...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् । आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए सोलुखुम्बुमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष...
काठमाडौँ : भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित नगदेशमा शुक्रबार पुलुकिसी जात्रा सम्पन्न भएकोछ। यो जात्रा श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको नेवा ऐतिहासिक भजन खल नगदेशका अध्यक्ष तुल्सिभक्त घजुले बताए। श्रीस्वस्थानी व्रतकथामा आउने पात्र नवराजको राज्याभिषेक भएपछि हात्ती चढेर नगर परिक्रमा गरेको सन्दर्भ पुलुकिसी जात्रा (यात्रा) भएको उनले जानकारी दिए। यो वर्ष स्थानीय जेनिश बाडेले नवराजको भूमिकामा नगर परिक्रमा गरे।जात्रा र नाच...
काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो। मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ। नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ।काठमाडौं...
काठमाडौ । गण्डकी प्रदेसको नवलपरासी (बर्दाघाट सुस्ता पुर्व) जिल्लाको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे कावासोती, बाघखोरमा घरबास संचालन कार्यविधि माथि अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम शुक्रबार सुरु भएको छ । आइतबारसम्म संचालन हुने कार्यक्रममा नेपालका ७० जिल्लाका करिब २ सय ९० जना होमस्टेकर्मीहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिएकोछ ।कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले अहिले पर्यटनको...
धनकुटा । तत्कालीन माओवादी केन्द्र (हालको नेपाली कम्युनिस्ट पार्टी) धनकुटाका मतदाताले १२ वर्षपछि प्रतिनिधि सभा निर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारलाई भोट हाल्न पाउने भएका छन् । नेकपा माओवादी केन्द्र धनकुटाले २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेलाई सघाएको थियो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भने नेपाली कांग्रेसका उम्मेदवारलाई सघाएको थियो ।
जाजरकोट : सँगै घुम्न गएका बेला जिल्लाको जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको हत्या गरिएको आरोपमा तीन जना साथीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले हत्यामा संलग्न भएको आरोपमा विष्टका तीन जना साथीलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका तीननै जनालाई जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान...
२१ वर्षीय अमेरिकी युवा स्काइलर च्यानले स्थापना गरेको ‘जीआरयू स्पेस’ नामक स्टार्टअप कम्पनीले आगामी सन् २०३२ सम्म चन्द्रमामा संसारकै पहिलो होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । उक्त महत्वाकांक्षी योजनालाई मूर्तरुप दिनका लागि कम्पनीले अहिलेदेखि नै अन्तरिक्ष प्रेमीहरूका लागि होटलका कोठा बुकिङ खुलाएर अग्रिम भुक्तानी लिन सुरु गरिसको छ । हुनत सो चन्द्र होटलका कोठाको अन्तिम मूल्य कति हुने...
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बदलिएको कांग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटघाटका क्रममा नेता शर्माले कांग्रेस पूर्ण रुपमा बदलिएकाले सबैले मतदान गरेर जिताउनुपर्ने बताएका छन्। उनले अब युवा कांग्रेस, विपी कोईरालाले कल्पना गर्नुभएको समावेशी, लोकतान्त्रिक कांग्रेस बनिसकेको बताए। उनले...