असार २८,
भक्तपुर । बुधबार रातीदेखि निरन्तर परेको वर्षाका कारण भक्तपुरका धेरै स्थान डुबानमा परेका छन् । जिल्लाको मध्य भाग भएर बग्ने हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाका विभिन्न वडाहरु डुबानमा परेका हुन । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर नगरपालिकाको च्यामासिह, जगाती, हनुमानघाट, भेलुखेल, सल्लाघारी क्षेत्र डुबानमा परेको छ । सिद्धस्मृति महिला तथा बाल अस्पताल, डाक्टर...
स्वास्थ्य । यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ...
रुपन्देही । कैलाश विकास बंैक लिमिटेडले आषाढ २७ गतबाट रुपन्देहीको भलबारीमा आफ्नो ५४ औँ शाखा स्थापना गरी कारोवार सुरु गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक भैरहवाका मुख्य व्यवस्थापक अशोक पौडेलले गरे । उक्त शाखाबाट सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ । नयाँ शाखा सहित बैंकको शाखा संख्या ५४ पुगेको छ भने एटीएम संख्या...
कञ्चनपुर । एन आई सी एशिया बैंकले कञ्चनपुरको पुनर्वासमा नयाँ शाखा विस्तार गरेको छ । पुनर्वास शाखाको एक कार्यक्रमकाबीच पुनर्वास नगरपालिकाका मेयर जिवन राज थापाले उद्घाटन गरे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।योसँगै बैंकको शाखा संख्या २२६ पुगेको छ...
असार २७,
काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाईनलमा आज इङ्ल्याण्ड र क्रोएसिया भिड्दै छन् । रुसको लुजनिकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । विजेता टोलीले उपाधि लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
इङ्ल्याण्डले स्विडेनलाई २–० ले पराजित गरेको सेमिफाईनलमा पुगेको थियो । क्रोएसियाले आयोजक रसियालाई टाईब्रेकरमा हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो । दुवै...
असार २७,
ललितपुर । कृषि विभाग अन्तर्गतको कृषि प्रसार निर्देशनालयले पाँच विकास क्षेत्रका एक÷एक वटा उत्कृष्ट कृषक समूहलाई पुरस्कार वितरण गरेको छ । पूर्वाञ्चलबाट ताप्लेजुङका कञ्चनजङ्घा बहुउद्देश्यीय कृषक समूह र मध्यमाञ्चलबाट सिन्धुपाल्चोकस्थित जनजागरण कृषक समूह पुरस्कृत भएका छन् । पश्चिमाञ्चलबाट गोरखाको लापा नमूना कृषक समूह, मध्यपश्चिमाञ्चलबाट दाङको जागरुक ताजा तरकारी उत्पादक कृषक समूह र सुदूरपश्चिमाञ्चलबाट कैलालीको जीविका कृषक समूहले...
नयाँ नेपाल न्युज
असार २७,
काठमाडौं । विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका अन्जु गौत्तमको आवाजमा रहेको ‘ढल्की ढल्की नाचौं संगी हो ‘ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । समाजको तितो यथार्थ चित्रण गरिएको गीत अत्यन्तै मर्मस्पशी शब्दमा नाच्ने प्रकारको गीत बनेको छ । गीतमा राज कुमार बगरको शब्द तथा संगीत रहेको छ । गीतको म्यूजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका...
असार २७,
काठमाडौं । नेपाल चिकित्सक संघले १४ औं दिनदेखि अनशन बसेका डा। गोविन्द केसी प्रकरणको समाधान खोज्न सहयोग गर्न आग्रह गर्दै डा. बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार संघले डा. केसीको जीवन रक्षाको लागि सरकार समक्ष विशेष पहल गरिदिन समेत भट्टराईलाई आग्रह गरेको छ ।संघका अध्यक्ष मुक्तिराम श्रेष्ठद्धारा हस्ताक्षरित्र ज्ञापनपत्रको अन्त्यमा संघको आग्रहलाई अस्वीकार गरिएको खण्डमा डा।...
असार २७,
रासस/एएफपी । टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक नगरमा कम्तीमा १७ जना लडाकू मारिएको समाचारमा जनाइएको छ । टर्कीसँगको सिरियाको सीमा क्षेत्रमा पर्ने नागुर भन्ने नगरमा सोमबार राति भएको कारबाहीमा परी उनीहरू मारिएको टर्कीस मानवअधिकार अनुगमनकर्ताहरूले जनाएका छन् । “ती लडाकूहरू रहेको ठाउँलाई लक्षितगरी आक्रमण भएको थियो, आक्रमणमा परी कम्तीमा १७ जना मारिएका छन् भने अरू १२...
असार २७,
काठमाडौं । उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।
अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृह मन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले गृहले यो नियम साउन १...



