उत्कृष्ट कृषक समूह पुरस्कृत

193

असार २७,
ललितपुर । कृषि विभाग अन्तर्गतको कृषि प्रसार निर्देशनालयले पाँच विकास क्षेत्रका एक÷एक वटा उत्कृष्ट कृषक समूहलाई पुरस्कार वितरण गरेको छ । पूर्वाञ्चलबाट ताप्लेजुङका कञ्चनजङ्घा बहुउद्देश्यीय कृषक समूह र मध्यमाञ्चलबाट सिन्धुपाल्चोकस्थित जनजागरण कृषक समूह पुरस्कृत भएका छन् । पश्चिमाञ्चलबाट गोरखाको लापा नमूना कृषक समूह, मध्यपश्चिमाञ्चलबाट दाङको जागरुक ताजा तरकारी उत्पादक कृषक समूह र सुदूरपश्चिमाञ्चलबाट कैलालीको जीविका कृषक समूहले उत्कृष्ट समूहका रुपमा पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा पुरस्कृत कृषक समूहले सम्मानपत्रसँगै नगद रु १० हजार प्राप्त गरेका छन् ।