नयाँ पत्रिका दैनिक साउन १३,
काठमाडौं । सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यक्षमता र शैलीप्रति असन्तुष्ट बनेका छन् । सरकारविरुद्ध प्रतिपक्षी दलले सडक र सदन तताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको कार्यक्षमता मूल्यांकन गर्न थालेको हो । मूल्यांकन राम्रो नआए मन्त्रिपरिषद् सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने मनस्थितिमा प्रधानमन्त्री पुगेको उनको सचिवालयका एक सदस्यले बताए ।...
नयाँ पत्रिका दैनिक- साउन १३,
चितवन । ३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत (अप्रिल २०१५)मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए । भूकम्प र नाकाबन्दीका कारण ११ महिना काम हुन नसक्दा तथा निर्माणाधीन अवस्थामा पनि यातायातका साधनसमेत सञ्चालन गर्नुपर्ने भएकाले तोकिएको समयभन्दा...
नयाँ पत्रिका दैनिक- साउन १३,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एवं सरकारविरुद्ध भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् । तत्कालीन एमाले सम्बद्ध प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल एसोसिएसन नेपाल र माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियर संगठनको एकता घोषणासभामा बोल्दै ओली र प्रचण्डले कांग्रेसले यस्तो भ्रम सिर्जना गर्न खोजेको आरोप लगाए ।...
समाचारपत्र दैनिक- साउन १३,
काठमाडौं । वायु गुणस्तर मापनका लागि स्थापना गरिएका स्टेसन नियमित रुपमा सञ्चालन नहुँदा वायु प्रदूषणको वास्तविक अवस्था थाहा पाउन समस्या हुने गरेको छ । कुनै पनि वायु प्रदूषण मापन स्टेसन बाह्रै महिना नियमित सञ्चालन हुँदैनन् । स्टेसनका उपकरणमा दोहोरिरहने प्राविधिक गडबढीले वायुको तथ्यांक संकलन प्रभावित बन्दै आएको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न ५...
-कुमार न्यौपाने
साउन १२,
काठमाडौं । नेबि संघ हुम्ला काठमाडौं सम्पर्क समितिले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले नेपाली कांग्रेसमा हार्दिकता सहितको आत्म अनुशासन र आत्म अनुशासन सहितको एकता आवस्यक रहेको दोहोराउनु भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता शाहले कांग्रेसमा अनुशासनको खडरी भएको भन्दै पार्टी सुधार गर्न सबैभन्दा पहिला...
साउन १२,
काठमाडौं । आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो । आज दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको...
साउन १२,
काठमाडौं । संकटमोचनधाम, राष्ट्रको सान, हामीबनाउँछौं धाम, विश्वमा राख्छौं नेपालको नामभन्ने उद्घोषका साथ शुक्रबारबाट ११ दिवशीय शिवपुराण महायज्ञ सुरु भएको छ । कलंकीमन्दिर परिसरदेखि धामनिर्माण स्थलभुवनेश्वरी मन्दिर परिसरसम्म कलश यात्राबाट कार्यक्रम सुरु भई ११ दिनसम्म अखण्ड हवन हुनेछ भने पुराणसमेत वाचनगरिने कार्यक्रम रहेको छ । नेपालमा संकटमोचन हनुमानधामको निर्माणगर्न प्रचारात्मक कार्यक्रम अन्र्तगत शिवपुराण महायज्ञगर्न लागिएको श्री संकटमोचनधामनिर्माण समितिका...
साउन १२,
काठमडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उहाँको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग (नवाज)ले पाकिस्तानका पिता मोहम्मद अलि जिन्नाको अनुयायी हौँ भन्छन् । जिन्ना पाकिस्तानका संस्थापक हुनुहुन्छ । सन् १९४७ अगष्ट १४ मा भारतबाट छुट्टिएर एक अलग मुस्लिम राष्ट्रका रुपमा पाकिस्तान स्थापना हँुदा उहाँकै नेतृत्वमा पाकिस्तान बनेको हो । तर उहाँको निधन भएकोले छोटो समयमात्र पाकिस्तानको नेतृत्व...
-राजेश खड्का
साउन १२,
भक्तपुर । वर्षातको समयमा हनुमन्ते नदी सफाइ अभियानको हुन नसकेपनि त्यसलाई निरन्तरता दिन आज २२ औं हप्ता अरनिको राजमार्ग खण्ड अन्तर्गत चारदोबाटो चोकदेखि गठ्ठाघरसम्मको सरसफाइ गर्दा १० टन फोहोर संकलन गरिएको छ ।
सूर्यविनायक नगरपालिका र प्रतिनिधिसभा सदस्य महेश बस्नेतको अगुवाईमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले आज यस क्षेत्रमा जथाभावी फालिएको १० टन फोहर...



