Tuesday, October 27, 2026
Home राजनीति कांग्रेसमा आत्मअनुशासन सहितको एकता आवश्यक

कांग्रेसमा आत्मअनुशासन सहितको एकता आवश्यक

191

-कुमार न्यौपाने
साउन १२,
काठमाडौं । नेबि संघ हुम्ला काठमाडौं सम्पर्क समितिले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले नेपाली कांग्रेसमा हार्दिकता सहितको आत्म अनुशासन र आत्म अनुशासन सहितको एकता आवस्यक रहेको दोहोराउनु भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता शाहले कांग्रेसमा अनुशासनको खडरी भएको भन्दै पार्टी सुधार गर्न सबैभन्दा पहिला कांग्रेसमा आत्मअनुशासनको खाचो रहेको उहाको बाताउनु भयो। कर्णाली प्रदेशमा कांग्रेसलाई बलियो बनाउन कर्णाली प्रदेशका अग्रज नेताहरूले पनि ध्यान दिनु पर्ने उहाको भानाई रहेको थियो।सोही कार्यक्रममा शाहले आगामी चुनावमा कांग्रेस लाई पहिलो पार्टी बनाउन नेबि संघको सक्रियता पनि राम्रो हुनुपर्ने र नेबि संघले मात्रै दश लाख नयाँ सदस्य कांग्रेसमा भित्र्याउनु पर्ने उहाले बताउनु भएको छ।