११ दिवशीय शिवपुराण महायज्ञको सुरु

229

साउन १२,
काठमाडौं । संकटमोचनधाम, राष्ट्रको सान, हामीबनाउँछौं धाम, विश्वमा राख्छौं नेपालको नामभन्ने उद्घोषका साथ शुक्रबारबाट ११ दिवशीय शिवपुराण महायज्ञ सुरु भएको छ । कलंकीमन्दिर परिसरदेखि धामनिर्माण स्थलभुवनेश्वरी मन्दिर परिसरसम्म कलश यात्राबाट कार्यक्रम सुरु भई ११ दिनसम्म अखण्ड हवन हुनेछ भने पुराणसमेत वाचनगरिने कार्यक्रम रहेको छ । नेपालमा संकटमोचन हनुमानधामको निर्माणगर्न प्रचारात्मक कार्यक्रम अन्र्तगत शिवपुराण महायज्ञगर्न लागिएको श्री संकटमोचनधामनिर्माण समितिका संयोजक स्वामी सेवकले जानकारी दिनुभयो । बल्खु स्थितभुवनेश्वरी मन्दिर परिषर भित्र ११ मुखे हनुमानको मूति राखेर धामबनाउने संकल्पविभिन्न १७ गोत्रकाव्यक्तिहरुले यस अभि नै गरिसकेका थिए ।