काँक्रेविहार : भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ। करिडोरको ११८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको छ। तल्लुदेखि दुनैसम्मको ६२ किलोमिटरमा नेपाली सेनाले खोलेको ट्र्याकमाथि नै यातायातका साधन सञ्चालन भइरहेका छन्।भेरी करिडोर आफैँले सतह काट्न लागेको करिडोरका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए। दुनैदेखि ल्यासिक्यापसम्मको सडकमा निर्माण व्यवसायीले काम सुरु गरेका...
काठमाडौं : सर्लाहीमा आइतबार भिनाजुको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने सालो पक्राउ परेका छन्। जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका- ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका हुन्। महतोले भिनाजु राकेशकुमार महतो (सिम्बोल नं. ०२२१००४५) बाट एसइई अन्तर्गत आइतबार तेस्रो दिन अनिवार्य गणितको परीक्षा दिइरहेका थिए।महतोलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेका...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गर्नु भएको छ। नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गर्नु भएको हो। विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेशसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार...
सुर्खेत : डोल्पामा शनिवार अत्याधिक हावाहुरीका मुड्केचुला गाउँपालिका ९ होर्तगाउका ४० वर्षीय सिद्ध बुढाको मृत्यु भएको छ।
आलु र मल घोडामा घर तिर ल्याउदै गर्दा बीच बाटोमै एक्कासी रुख ढलेर रुखले च्यापेर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। उनका अनुसार मुसि खोलाबाट आलु र खेतमा प्रयोग गर्ने मल घोडामा राखेर घर तिर ल्याउदै गर्दा हावाहुरिले रुख...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संदीय समिति बनाउनैपर्ने अडान दोहोर्याएको छ। आइतबारको प्रतिनिधिसभा को सुरुवातमै कांग्रेस सांसद संजयकुमार गौतमले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने आफूहरूको अडान कायमै रहेको स्पष्ट पारेका हुन्।
कांग्रेसले बारम्बार प्रश्न उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी प्रमुखले जवाफ दिएपनि त्यसले थप...
काठमाडौं : भारतको विहार राज्यको मुजफ्फरपुरमा एक महिलाले शारिरीक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध प्रहरीमा उजरी दिएकी छन्। प्रहरीले श्रीमानसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ। र, प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ। पीडित युवती वैशाली जिल्लाको लालगञ्ज थाना क्षेत्रको एक गाउँकी बासिन्दा हुन्। आरोपित श्रीमान् अहियापुर थाना इलाकाका हुन्।प्रहरी चौकीमा दर्ता भएको एफआईआरमा पीडितले भनिन्, ‘मेरो विवाह ३१ मे...
काठमाडौं : प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरण छानवीन गर्न संसदीय छानविन समिति गठन गर्न माग गरेका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधिसभा सदस्य सिंहले न्यायपालिकाले पहुँचको आधारमा निर्णय गर्ने गरेको बताए।उनले न्यायपालिकाको निर्णय प्रक्रिया कानुनसम्मत र संविधानसम्मत हुनुपर्ने बताए। उनले व्यक्तिको प्रभावको आधारमा मुद्दा फैसला हुने गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुको मोबाइल रेकर्ड हेरिनुपर्ने बताए।उनले न्यायाधीशहरूको आचरणको...
काठमाडौं : नेपाली काँग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त देशहरुमा श्रमिक पठाउन बन्द गर्न सरकारलाई आग्रह गरेकी छन्। आइतबार प्रतिनिधि सभा बैठकमा सांसद पौड्यालले युद्धग्रस्त क्षेत्रमा श्रमिकहरुलाई पठाउने काम सरकारले बन्द गर्नुपर्ने बताएकी हुन्। उनले रुस र युक्रेनका युद्धमा नेपालीहरुले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै युवाहरुलाई युद्धग्रस्त क्षेत्रमा जान रोक लगाउनुपर्ने बताएकी हुन्।उनले देशका विभिन्न जिल्लाहरुमा महिलाहरुको हत्या भइरहेको...
भक्तपुर । सुर्यबिनायक नगरपालिका ३ बालकोटस्थित जुरिच किण्डर गार्डेनको ग्रार्जुएसन तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा बिद्यार्थीले सांस्कृतिक कार्यक्रम, योगा र जुम्माको उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सो अवसरमा उत्कृष्ट शिक्षक तथा शैक्षिक र अतिरीक्त कृयाकलापमा उत्कृष्ट बिद्यार्थीलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संचार जगत...
-सुर्य तिमल्सिनाकर्मशील हातले कलम समाएर
यसो केही शब्द लेख्न के खोजेको थिएँ ।
अचानक कलमको मसी नै सकियो ।
त्यसपछि,
विरक्त लाग्यो
अनि
घरै छेउको एउटा रूखको छहारीमा
शितल हावा खाना बसेँ
रुखलाई पनि हँसिया र हथौँडाले हिर्काएर थिल्थिलाएर
पात झारेर न्याङ्गै पारिदियो ।
त्यसपछि त
सूर्यको प्रकाश छहारी छिचोल्दै म छेउ आइपुग्यो ।
म शितल खोजीरहेको मानिस...










