काठमाडौं : नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली काँगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको बताए। उनले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गरे। उनले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बताए।...
भक्तपुर। भक्तपुरस्थित सूर्यविनायक नगर अस्पतालमा सेवाग्राहीको सहजताको लागि टोकन प्रणाली लागू भएको छ । नगर प्रमुख बासुदेव थापा र उपप्रमुख सरिता तिम्सिना भटट्राईले एक कार्यक्रमका बीच टोकन प्रणालीको सुरु गरेका छन् ।अस्पताल परिसरभित्र बुधबार एक कार्यक्रम आयोजना गरि टोकन प्रणाली सुरु गरिएको हो । अस्पतालमा स्वास्थ्य बीमाको कार्यक्रम सुरु भएपछि सेवाग्राहीको चाप बढेको छ । अस्पताल आउने सेवारीको...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्ने भने पनि सत्ता गठबन्धनबाहिरको दललाई समर्थन गर्ने वा नगर्नेबारे स्पष्ट निर्णय गरेको छैन । त्यस्तो अवस्थामा सम्बन्धित...
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सबै मानिसले आफ्नो दायित्व पुरा गरे मात्र समाजमा परिवर्तन हुने बताएका छन् । नगरस्तरिय विपद व्यवस्थापन समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै नगरप्रमुख खत्रीले भने “विपद जोखिम न्यूनिकरण गर्न स्थानिय सरकारले चाहेर मात्रै संम्भव हुदैंन ।”सडक सुरक्षार्थ राखेका ऐना सिसा फुटाउने मानसिकताको अन्त्य नभएसम्म दुर्घटना कम गराउन जति ऐना राखेपनि काम...
भक्तपुर । शहरलाई सुन्दर बनाउे उद्देश्यका साथ मध्यपुरथिमि नगरपालिकाले भित्ताहरु रंगाउन थालेको छ ।
नगरपालिकाले अरनिको राजमार्ग अन्तर्गत पर्ने आकाशे पुलका भित्ताहरुमा रंग लगाउन सुरु गरेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । जुन लोकन्थलीदेखि नयाँथिमि चोकसम्म रहेका छन् । जसमा मध्यपुर नगर सांस्कृतिक झल्किने चित्रहरु कोरेर सुन्दर बनाउने अभियान सुरु गरिएको नगरप्रमुखको सचिवालयले जानकारी दिएको हो ।...
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले जुवा तास खेल्दै गरेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा. ५ त्रिशुलडाँडामा रेल कुमार तामाङले संचालन गरेको रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा नगद पैसा सहित २० जनालाई पक्राउ गरेका हो ।प्रहरीले छापा हान्दा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा होटल संचालक चाँगुनारायण–४, बस्ने वर्ष ४१ को...
भक्तपुर । विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ ।नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।बैशाख...
तनहुँ : आगामी शैक्षिकसत्र सुरु हुनुअगावै तनहुँमा पाठ्यपुस्तक आउने भएको छ। शैक्षिकसत्र २०८१ सुरु हुनुपूर्व जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घले जनाएको छ। निजी क्षेत्रले प्रकाशन गरेका सबै पाठ्यपुस्तक जिल्ला भित्रिसकेको भन्दै जनकशिक्षा सामग्रीले प्रकाशन गरका पुस्तक केन्द्रमार्फत आज जिल्लामा आइपुग्ने महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार कक्षा १ देखि ४...
काठमाडौं : नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरूसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताएका छन्। सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै अध्यक्ष अधिकारीले यस्तो बताएका हुन्। उनले निगमले २०७५ असार १४ गते र २०७५ साउन ११ गते गरी दुईवटा वाइडबडी र न्यारोबडी...
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरुमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताएकी छन्। सोमबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उनले यस्तो बताएकी हुन्। उनले विद्यालय र विश्ववद्यालयबाट दलीय राजनीति अन्त्य गर्नको लागि आफूले काम थालिसकेको बताइन्। उनले शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा ५ मा...










