Tuesday, June 16, 2026
Home Blog Page 1939
साउन २०, चितवन । गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ । तर, यो तथ्यांक निकुञ्जले अपेक्षा गरेको भन्दा ज्यादै धेरै हो । यतिका संख्यामा गैंडा मर्नु कारण प्राकृतिक देखिए पनि संख्या अस्वाभाविक भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जनाएका छन् । ‘यतिधेरै संख्यामा गैंडा कालगतिले मरेको देख्दा हामीलाई पनि अनौठो लागेको छ,’...
साउन २०, जाजरकोट । भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती,छोरी र दुई छोरासमेतको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धारकार्य जारी...
साउन २०, काठमाडौं । भदौ पहिलो साता गर्ने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक छठसम्म सार्ने तयारी संस्थापन पक्षबाट भइरहेको छ । तर, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर नेताहरुले खुलेर विरोध गर्न सकिरहेका छैनन् । पौडेल र सिटौला समूहकै मागअनुसार केन्द्रीय कार्यसमिति बैठकले भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, भदौ लाग्न दुई सातामात्रै बाँकी रहँदा पनि विधान...
साउन २०, बागलुङ । अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ । काठेखोला गाउँपालिका–१ पालामा गएको पहिरोले गएरातिदेखि नै लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् । बिहानैदेखि पहिरो हटाउने काम शुरु भएको प्रहरीले जनाएको छ । दिउँसोसम्म सडक सञ्चालन...
साउन २०, सोलुखोम्बु । केहीदिन अगाडी गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आज बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ । “हिम तालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ”, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भन्नुभयो, “कुनै पनि उद्धारको सामग्री...
साउन १९, काठमाडौं । विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो मच्चिएको छ । विवेकशील साझाले शनिबार प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा कार्यक्रम राखेको थियो । पार्टी नेतृत्वले जिल्ला संयोजकहरुको घोषणा गरे लगतै युवाहरुको एउटा समूहले असन्तुष्टि जनायो ।पार्टी नेतृत्वले असन्तुष्ट समूहका एक जनालाई बोल्न मञ्च दिए । पार्टी नेतृत्वले रातारात जिल्ला संयोजक तोकेको, गलत प्रवृत्तिका मानिसहरुलाई पार्टीमा प्रवेश गराएको आरोप...
साउन १९, भ्रष्टाचार गरेको अभियोगमा ग्वाटेमालाका पूर्वराष्ट्रपति एल्भारो कोलोमलाई शुक्रबार पक्राउ गरिएको छ । भ्रष्टाचार गरेको अभियोगमा उनलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । हड्डीको दुखाइसम्वन्धी समस्याबाट पीडित हुनु भएका कोलोमलाई शुक्रबार राती पक्राउ गरिएको हो । उनी अहिले ६६ वर्षको भए । उनलाई गत फेब्रुअरीमै भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो । सेनाको नियन्त्रणमा रहेको...
साउन १९, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् । सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान लुम्बनी र पोखराको समेत भ्रमण गरी नेपालस्थित भारतीय दूतावास तयारीमा जुटेको स्रोतले जनाएको छ । यसअघि वैशाख...
साउन १९, सुर्खेत । चौमासिकको तलब बेलैमा नपाउँदा तिला गाउँपालिका जुम्लाका शिक्षकहरु आन्दोलित भएका छन् । साउन महिना बित्न लाग्दा पनि तलब उपलब्ध नगराएको भन्दै उनीहरुले गाउँपालिकालाई तलब खुवाउन दबाब दिँदै आएका छन् । गाउँपालिकामा कार्यरत शिक्षकले पूरै तलब नपाएपछि आफूहरुले आन्दोलन गर्नु परेको शिक्षक हित संघर्ष समिति जुम्लाका अध्यक्ष मानबहादुर शाहीले जानकारी दिनुभयो । शिक्षकहरुको तलब मात्र...
साउन १९, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिदाको दिन घुम्न आएका दाहालसहित कार्यालयका कर्मचारी विजय दाहाल, लेखराज कटुवाल र देवान मण्डललाई वसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी...