Tuesday, June 16, 2026
Home Blog Page 1938
स्व गुरुप्रसाद ढकाल साउन २१, भक्तपुर। काभ्रे मण्डन देउपुर नगरपालिका-५ घरभई लामो समयदेखि भक्तपुरलाई कर्मथलो बनाउँदै आउनुभएका राजनीतिज्ञ तथा पत्रकार गुरुप्रसाद ढकालको निधन भएको तिथिले भोली मगलबार एकवर्ष हुन्छ । उहाँको २०७४ साल साउन ५ गते उपचारका क्रममा निजामती अस्पतालमा निधन थियो । कमलपित्त, अल्सर, हेपाटाइटिस एवं कलेजोको उपचारकै क्रममा निधन भएको थियो । लामो समय पत्रकारिता गर्दै...
साउन २१, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङसिकबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत पार्कले कोरियामा काम गर्ने नेपाली कामदारका आफन्तलाई भेटघाट गर्न जाने अवसर मिलाइसकिएको र...
साउन २१, रुपन्देही । रुपन्देही सैनामैना नगरपालिका–५ स्थित बुद्धनगरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा देवदह नगरपालिका–२ का ६० वर्षीय वीरबहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रहरी निरीक्षक दीपेश बस्यालले जानकारी दिनुभयो । मोटरसाइकल र टिपर एकआपसमा जुध्दा मोटरसाइकलमा सवार मृतकका श्रीमती होलीमाया गुरुङको हात र खुट्टामा गम्भीर चोट लागकाले उनको लुम्बिनी...
साउन २१, भक्तपुर– विगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले आज एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा बाबुआमासँग टहरामा बस्दै आएका १७ वर्षीय राजेश श्रेष्ठको शव आज करिब ११ बजे भक्तपुर नगरपालिका–१ सल्लाघारी इवामुरा मेमोरियल अस्पतालअगाडि रूखमा अड्किएको अवस्थामा भेटिएको...
साउन २१, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका¬५ मा बालिकालाई बलात्कार भएको छ । सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । ‘आमा उपचारका लागि नेपालगञ्ज गएको मौकामा दुई बहिनी गोठाला...
साउन २१, उपत्यकामा पाँच बर्षयता मात्र २९ वटा चितुवा मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेको छ ।उपत्यका आसपसका बनक्षेत्र अतिक्रमण बढेको र जंगल नजिकसम्म वस्ती विस्तार भएकाले वस्तीमा चितुवा छिरेर मानिसमाथि आक्रमण गर्ने गरेको हो । उपत्यकाका जिल्ला वन कार्यालयको समन्वयमा आईतबार फ्रेन्ड अफ नेचर संस्थाले गरेको अध्ययन सार्वजनिक कार्यक्रममा सन् २०१३ भित्रमा २९ वटा घटना भएको बताए ।...
साउन २१, सिओल । दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको संगठन आसियान र अन्य १७ राष्ट्रका विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आणविक निरस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । सिंगापुरमा सम्पन्न आसियान क्षेत्रीय मञ्च एआरएफ० का विदेश मन्त्रीहरुको सम्मेलन पश्चात सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आणविक निशस्त्र कोरियाली प्रायःद्वीप स्थापना गरी दिगो शान्ति र स्थायित्व ल्याउन सबै सम्बद्ध पक्षले निरन्तर कार्य...
साउन २१, काठमाडौं । काँडाघारीबाट एक बालक अपहरणमा परेका छन्। आइतबार साँझ ११ वर्ष वर्षीय निशान खड्का अपहरणमा परेका हुन्। सिन्धुपाल्चोककी चमेली खड्काका छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी नावय उपरीक्षक रेवती रमण पोखरेलले जानकारी दिए। अपहरण गर्ने समूहले निशानका परिवारसँग फिरौती मागेको नमागेको बारे प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाई छ। घटनाको अनुसन्धानका...
साउन २०, भक्तपुर । चाँगुनारायण र शंखरापुर नगरपालिकामा संचालन भैरहेको प्रगति परियोजना र दुवै नगर स्तरीय विपद ब्यबस्थापन तथा जलवायु उत्थानशिल समितिको आयोजनामा साँखु स्थित बालक्षेत्रमा ३ दिने समुदायमा आधारित अग्नि नियन्त्रण तालिम यहि श्रावण १७ गते सम्पन्न भएको छ । समुदायमा सकेसम्म आगलागी हुन् नदिन र भैहाले समुदायस्तरबाटअग्नि नियन्त्रण गर्न दक्ष जनशक्ति उत्पादन गर्ने उध्देश्यले तालिमको आयोजना गरीएको...
साउन २०, चितवन । भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आज मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४, भीमसेननगर बस्ने २४ वर्षीय सुदीप भुजेल छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एक गम्भीर, सात मध्यम र...