Saturday, October 17, 2026
Home समाचार डुबेर बेपत्ता विद्यार्थीको शव निकाल्न सेना परिचालन

डुबेर बेपत्ता विद्यार्थीको शव निकाल्न सेना परिचालन

265
सांकेतिक तस्विर

साउन २०,
सोलुखोम्बु । केहीदिन अगाडी गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आज बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ । “हिम तालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ”, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भन्नुभयो, “कुनै पनि उद्धारको सामग्री नहुँदा शव निकाल्न समस्या भएको हो ।”
डुबेका विद्यार्थीहरुको उद्धारका लागि आज बिहान सेनाको टोली पनि गोक्यो प्रस्थान गरेको प्रहरी निरीक्षक राईले जनाकारी दिनुभयो । प्रहरीले उद्धार गर्न नसकेपछि शम्शेर गुल्म नाम्चेबाट नेपाली सेनाको टोली गोक्योतर्फ प्रस्थान गरेको हो । गोक्यो भ्रमणमा गएका खुम्जुङ माविका मावि कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा,े पेम्बा नुरु शेर्पा र सुनिल बराइली शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका थिए । खुम्बु क्षेत्रमा शेर्पा समुदायको फाङ्गी पर्वका अवसरमा विद्यालय बन्द भएका बेला विद्यालयको अनुमतिबिना नै ती विद्यार्थी शैक्षिक भ्रमणमा गएका थिए ।