अग्नि नियन्त्रण तालिम सम्पन्न

286

साउन २०,
भक्तपुर । चाँगुनारायण र शंखरापुर नगरपालिकामा संचालन भैरहेको प्रगति परियोजना र दुवै नगर स्तरीय विपद ब्यबस्थापन तथा जलवायु उत्थानशिल समितिको आयोजनामा साँखु स्थित बालक्षेत्रमा ३ दिने समुदायमा आधारित अग्नि नियन्त्रण तालिम यहि श्रावण १७ गते सम्पन्न भएको छ । समुदायमा सकेसम्म आगलागी हुन् नदिन र भैहाले समुदायस्तरबाटअग्नि नियन्त्रण गर्न दक्ष जनशक्ति उत्पादन गर्ने उध्देश्यले तालिमको आयोजना गरीएको थियो । तालिमको अन्तिमदिन समापन समारोहमा बोल्दै शंखरापुर नगरपालिका वार्ड न. ६ र ७ का वार्ड अध्यक्ष राधाकृष्ण श्रेष्ठ र विष्णुप्रसादस श्रेष्ठले तालिमबाट सिकेका कुरालाई तालिमकर्ताहरुले आवश्यक परेका बेला समुदायमा प्रयोगमा ल्याए मात्र तालिमको उध्देस्य पुरा हुन सक्ने कुरामा जोड दिनुभएको थियो । यसै गरि डिसिएका विपद बिज्ञकृष्णा कार्कीले परियोजना संचालनका क्रममा उत्पादन भएका दक्षजनशक्तिको स्थानीय निकायले उचित तरिकाले ब्यबस्थापन गर्दै लाभलिनु पर्ने र स्थानीय तहसंग विपद जोखिमन्यूनीकरण तथा ब्यबस्थापन कार्यमा परियोजनान भएका समयमा समेत संस्थागत रुपमा सहकार्य, समन्वयगर्न आफु सदैब तयार रहेको बताउनु भयो । तालिममा चाँगुनारायण नगरपालिकाबाट ६ जना , शंखरापुर नगरपालिकाबाट ११जना , महानगरीय प्रहरी परिषर भक्तपुरबाट ६ जना र महानगरीय प्रहरी प्रभाग साँखुबाट २ जनागरि २५ जना सहभागी भएका थिए ३ दिनकै तालिम शसस्त्र प्रहरी बलकाअग्नि नियन्त्रण तालिमकर्ता प्रहरी निरिक्षक शम्भु बिक्रम साह सहितका ४ जनाले सहजीकरण गर्नुभएको थियो ।