११ वर्षिय बालक अपहरण

100

साउन २१,
काठमाडौं । काँडाघारीबाट एक बालक अपहरणमा परेका छन्। आइतबार साँझ ११ वर्ष वर्षीय निशान खड्का अपहरणमा परेका हुन्। सिन्धुपाल्चोककी चमेली खड्काका छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी नावय उपरीक्षक रेवती रमण पोखरेलले जानकारी दिए। अपहरण गर्ने समूहले निशानका परिवारसँग फिरौती मागेको नमागेको बारे प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाई छ। घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले गोप्य रुपमा अनसुन्धान गरिरहेका छन्। निशानको परिवार पाँच वर्षदेखि काँडाघारीमै सामान्य चिया पसल सञ्चालन गर्दै आएको थियो। अहिले घटनाको अनुसन्धानमा अपराध महाशाखाको टोली पनि खटिएको छ।