लागू औषधको ठुलो परिमाण सहित गिरोह प्रहरीको फन्दामा

199

साउन २६,
चितवन । चितवन प्रहरीले ठुलो परिमाणको लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ न्यूरोडबाट पक्राउ परेका उनीहरु विरुद्ध मुद्धा दर्तागरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । पक्राउ पर्नेहरुमा नवलपरासी जिल्ला गैडाकोट नग।पालिका १ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका वडा नं ३ का २४ वर्षीय बुद्धि गुरुङ, भरतपुर महानगरपालिका ७ का २१ वर्षीय लालकृष्ण ढकाल, भरतपुर महानगरपालिका वडा नम्बर २ का २६ वर्षीय सलिम मिया र चितवन खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरेका १९ वर्षीय अमृत आचार्य रहेका छन् ।उनीहरुको साथबाट प्रहरीले डाईजेपाम, ११५ एम्पुल, व्युप्रिनर्फिन ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नाईट्राजेपाम १ हजार ५४५ ट्यावलेट, स्पास्मो प्रोक्सिभन,४८ क्याप्सुल, फेन्सिडिल, (१०० एमएल)को ११ बोतल बरामद गरिएको ढकालले जानकारी दिए । चितवनको नारायणगढ स्थित न्युरोडमा साउन २२ गते ना २४ प ११०० नम्बरको मोटरसाईकल चेकजाँच गर्दा लागूऔषध सहित किरण जिसी र बुद्धि गुरुङलाई पक्राउ गरिएको र उनीहरुको बयानका आधारमा लालकृष्ण ढकाल, सलिम मिया र अमृत आचार्यलाई नारायणगढबाट पक्राउ गरिएको हो । उनीहरु लागु औषधको ओसारपसार, संचय, बिक्रिबितरण तथा सेवनमा समेत संलग्नता रहेको पाईएको प्रहरीले जनाएको छ । प्रहरीले गैंडाकोटमा रहेको किरण जिसीको घरमा लुकाई राखेएको अबस्थामा उक्त परिमाणको लागूऔषध बरामद गरिएको प्रहरीद्धारा आज जारी गरिएको सूचनामा उल्लेख छ ।