एचआईभीको औषधिले साईडइफेक्ट

118

साउन २७,
जाडो होस् या गर्मी, घरमा होस् या सार्वजनिक ठाउँ उनी गम्लङ्ग पछ्यौरा ओढ्छन् । कसैसँग बोल्न पनि त्यति मन गर्दिनन् ।कोही ब्यक्ति आफ्नो अगडी उभिँदा मात्रै पनि उनलार्य डर लाग्छ ।त्यो डर कसैले केही गर्ला भन्ने नभइ, आफु नो कुरुपता देख्ला र सोधिहाल्ला भन्ने डर हो । ४६ बर्षीया उनी १५ बर्षदेखि एचआईभी संक्रमणको पीडित छन् । उनी भन्छिन्, श्रीमानले गरेको एउटा गल्तीको सजाय मैले भोगिरहेको छु, मलार्य रोग सार्ने व्यक्ति ससारमा छैन तर उसको चिनोले पनि मलाई ज्युँदै मरेझैँ बनार्यदिएको छ । उनका अनुसार श्रीमान लागुऔषध प्रयोगकर्ता थिए । तयसैबाट श्रीमान एचआईभी सक्रमित भएका थिए । र उनलाई पनि सारेका हुन् । निकै बेरको अनुरोधमा उनी शरीरबाट पछ्यौरा हटाउन राजी भईन् । गर्धनमा ठुलो मासुको पोको, अनुहारको मासु भित्र पसेर नमिल्दो देखिएको र पोतो फैलिएको । अनि दुवै स्तन पनि सामान्यभन्दा ठुलो र झोलिएका थिए । यस्तो के भएको भन्ने प्रश्नमा उनी भन्छिन औषधि नखाए ज्यानै जाने डर छ, खाउँ यस्तो हुन्छ । औषधि खान थालेपछि त्यसै पनि उनी अर्कै खाले विरामी भएकी छन् ।