Friday, June 19, 2026
Home Blog Page 1927
भदौं ५, झापा । झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् । सरकारले झापामा २०७४ असोजदेखि स्वास्थ्य बीमा लागू गरेको हो । गत असोजदेखि हालसम्मको ११ महिनाको अवधिमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख २२ हजार ३०५ पुगिसकेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डकी दर्ता अधिकारी लक्ष्मी कँडेलले जानकारी दिनुुहुन्छ ।उहाँका अनुसार बीमा गराएकामध्ये ५० हजार ५४९...
भदौं ५, काठमाडौँ । सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो । मर्मतका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मर्मत गर्न आवश्यक प्रक्रियासमेत शुुरु...
भदौ ५, काठमाडौं । मुलुकी अपराध संहिता, २०७४ का केही प्रावधानले प्रेसमाथि अंकुश लगाएको भन्दै नेपाल पत्रकार महासंघले भदौ २२ सम्म चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मुलुकी अपराध (संहिता) ऐन र मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि सयभन्दा धेरै प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको ठहर गर्दै माहासंघले कार्यतलिकासहित आन्दोलन घोषणा गर्नुपरेको महासंघले जनाएको छ...
भदौ ५, भारतको बिहार राज्य भोजपुर जिल्लाको बिहिया शहरमा एक भीडले महिलालाई निर्वस्त्र पारेर घुमाएको घटना सार्वजनिक भएको छ । १९ वर्षे युवकको हत्या गरेको आशंकामा एक महिलालाई निर्घात कुटपिटसमेत गरिएको बीबीसीले बताएको छ । पुलिसका अनुसार उग्र भीडले सुरुमा महिलाको घरसहित वरिपरिका थुप्रै पसल र गाडीमा आगो लगाइदिएपछि पीडित महिलालाई उनको घरबाट तानेर निर्घात कुटपिट गरेपछि शहरको...
भदौं ५, कन्चनपुर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आन्दोलन गरेपछि तनाव सिर्जना भएको छ । सोमबार अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको स्थानीयको आरोप छ । विरोध प्रदर्शनका क्रममा स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको...
भदौ ४, सल्यान । २०५५ सालमा सरकारले मोहीले गुठीको जग्गा रैकरमा परिणत गरेर प्रयोग गर्न पाउने निर्णय गरेपछि रुद्रेश्वर महादेवको एक सय चार रोपनी गुठीको जग्गा स्थानीयले अतिक्रमण गरी लामो समयदेखि प्रयोग गर्दै आएका छन् । स्थानीयका अनुसार अहिले शिवजन मावि रहेको स्थानदेखि बसपार्क र टाउन प्लानिङ गरेको स्थान पनि गुठीको जग्गा थियो । अहिले त्यहाँ वरपर मन्दिर अगाडिको...
दामोदर दंगाल भदौं ४, भक्तपुर । नेपाल सरकारले सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ योजना अघि सारी रहँदा पर्यटन क्षेत्रका सरोकारवाला ब्यक्तिहरुले धेरै कुरामा ध्यान दिन सके पर्यटक बढाउन सक्ने धारणा राखेका छन् । उनहिरुले पर्यटकलाई सेवा,सुबिधा र सुरक्षा प्रदान गर्न सके पर्यटकको संख्या बढाउन सकिने बताएका छन् । पर्यटक प्रहरी ईकाई, भृकुटीमण्डपको आयोजनामा भक्तपुरमा आयोजित...
-केके मानन्धर भदौं ४, काठमाडौ । नागरिक अगुवा पद्मरत्न तुलाधरले पत्रकारिता क्षेत्रमा दिनुभएको योगदानको विषयमा चर्चा गरिएको छ । काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजित “पत्रकारितामा पद्मरत्न तुलाधरको योगदान” विषयक कार्यक्रममा उहाँले सञ्चार क्षेत्रमा खेल्नुभएको भूमिका विषयमा चर्चा गरिएको हो । उहाँले २०१४ सालमा नेपालभाषा पत्रिकाबाट पत्रकारिता यात्रा शुरु गरेका थिए । सो पत्रिका नेपाली भाषाको पहिलो दैनिक पत्रिका थियो । शुरुमा...
भदौं ४, काठमाडौं । राजधानीमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन नजिकिँदै गर्दा बिमस्टेक सम्मेलनका लागि प्रहरी सुरक्षा व्यवस्था कडा पारेको बताइरहेको बेला हतियाससहित उनीहरू पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार दिउँसो तीनकुनेबाट पक्राउ...
भदौ ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्रतिबद्धता जनाएकाले संविधान विरुद्ध मौसमी कुरा नगर्न प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सचेत गराएका छन् । सबै मिलेर संविधान ल्याएको भन्दै उनले संविधान जारी गर्ने बेलामा हस्ताक्षर गरेको जिम्मेबार राजनीतिक दलले संविधान विरोधी भाषा बोल्न नैतिकताले नदिने बताए । कांग्रेसविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका उनले संविधान प्रतिको इमान्दारिता देखाउन पनि आग्रह गरे...