Saturday, October 3, 2026
Home अन्तर्राष्ट्रिय महिलाको निर्वस्त्र पारेर घुमाइयो

महिलाको निर्वस्त्र पारेर घुमाइयो

107

भदौ ५,
भारतको बिहार राज्य भोजपुर जिल्लाको बिहिया शहरमा एक भीडले महिलालाई निर्वस्त्र पारेर घुमाएको घटना सार्वजनिक भएको छ । १९ वर्षे युवकको हत्या गरेको आशंकामा एक महिलालाई निर्घात कुटपिटसमेत गरिएको बीबीसीले बताएको छ । पुलिसका अनुसार उग्र भीडले सुरुमा महिलाको घरसहित वरिपरिका थुप्रै पसल र गाडीमा आगो लगाइदिएपछि पीडित महिलालाई उनको घरबाट तानेर निर्घात कुटपिट गरेपछि शहरको बीचमा निर्वस्त्र पारेर घुमाएको थियो । घटनाको भिडियो सोसल मिडियामा व्यापक सेयर गरिएको छ । जिल्लाका पुलिस सुपरिटेन्डेन्ट अवकाश कुमारले यो मामलामा बिहिया थाना प्रभारीसमेत आठ पुलिसलाई निलम्बित गरेको जानकारी दिए ।